रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा तोकियो १ सय ७० निर्वाचन केन्द्र (सूचि सहित)



४ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकामा ९० वटा मतदानस्थल र १ सय ७० वटा मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार रामेछापमा १ लाख ३४ हजार मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापले सिफारिस गरेर पठाए अनुसार निर्वाचन आयोगले मतदा स्थल र केन्द्र निर्धारण गरेर पठाएको हो ।
रामेछापमा मन्थली र रामेछाप गरी दुई नगरपालिका छन् । त्यसैगरी उमाकुण्ड, गोगुलगंगा, लिखु खाडाँदेवी, दोरम्बा र सुनापति गाउँपालिका रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजसँग भने,‘जिल्लाभर १ सय ७५ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयसेवक खटिएका छन, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ निर्वाचनको तयारी र प्रचार प्रसार तीब्र गतिमा भएको छ ।’
हेर्नुहोस ९० मतदानस्थल र १ सय ७० मतदान केन्द्र

  

प्रतिक्रिया दिनुहोस्