रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा तोकियो १ सय ७० मतदान केन्द्र (सूचि सहित)



४ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकामा ९० वटा मतदान स्थल र १ सय ७० वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार नयाँ तथ्याङक अनुसार रामेछापमा १ लाख ३४ हजार ६२० मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापले सिफारिस गरेर पठाए अनुसार निर्वाचन आयोगले मतदान स्थल र केन्द्र निर्धारण गरेर पठाएको हो ।

रामेछापमा मन्थली र रामेछाप गरी दुई नगरपालिका छन् । त्यसैगरी उमाकुण्ड, गोगुलगंगा, लिखु खाडाँदेवी, दोरम्बा र सुनापति गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजसँग भने,‘जिल्लाभर १ सय ७५ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयसेवक खटिएका छन, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ निर्वाचनको तयारी र प्रचार प्रसार तीब्र गतिमा भएको छ ।’

जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिकामा मतदान स्थल १०, मतदान केन्द्र १७, लिखु गाउँपालिकामा १० वटा मतदान स्थल, १८ वटा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी खाडाँदेवी गाउँपालिकामा ११ वटा मतदान स्थल, २२ वटा मतदान केन्द्र, गोकुलगंगा गाउँपालिकामा ६ वटा मतदान स्थल, १५ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी उपाध्यायले बताए ।

दोरम्बा गाउँपालिकामा ११ वटा मतदान स्थल, २० वटा मतदान केन्द्र, सुनापति गाउँपालिमा ९ वटा मतदान स्थाल, १९ वटा मतदान केन्द्र, मन्थली नगरपालिकामा १९ वटा मतदान स्थल, २९ वटा ममतदान केन्द्र, रामेछापमा १४ वटा मतदान स्थल, २४ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन कार्यालयका अनुसार एउटा मतदान केन्द्रमा तीन सय ३७ देखि एक हजार ६४ जनाले मतदान गर्न सक्ने छन् ।

यस्तो छ रामेछापको ९० मतदान स्थल र १ सय ७० मतदान केन्द्र

 

प्रतिक्रिया दिनुहोस्