सुनापति गाउँपालिकाको प्रमुखमा प्रदिप योञ्जन उप–प्रमुखमा लामा



४ वैशाख, रामेछाप ।

नेकपा एमाले सुनापति गाउँपालिकाद्धारा गाउँपालिको प्रमुखमा प्रदिप योञ्जन र उप–प्रमुखमा पासाङ डोल्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गाउँपालिको प्रमुखमा राज कुमार मैनालीको नाम सिफारिस भएपनि योञ्जनलाई नै प्रमुख बनाउने निर्णय भएको हो ।

उपप्रमुखमा लामालाई भने सर्वसम्मत चयन गरिएको छ । सुनापति गाउँपालिका एक सदस्यले भने,‘प्रदिप योञ्जन नै आधिकारीक उम्मेदवार हो, पार्टीले केही दिनभित्र नै औपचारिक निर्णय गरेर पठाउछ ।’
उपप्रमुख पासाङ डोल्मा लामाले सुनापति गाउँपालिकामा एमालेको जित सुनिश्चित रहेको बताइन । उनले भनिन,‘सुनापति गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने भिजन एमालेसँग मात्र छ ।’

त्यसैगरी बैठकले सुनापति–४ बेथानबाट अध्यक्षमा रामबाबु पाण्डेलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको छ । सुनापति गाउँपालिको प्रमुखमा वडा नम्बर ४ बाट जीवन खत्रीको चर्चा रहेपनि सहमतिको लागि भन्दै उनले उम्मेदवारी नदिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्