रामेछापमा १ लाख ३४ हजार मतदाता, ९० मतदान स्थल १ सय ७० मतदान केन्द्र (सूचि सहित)



स्नेहा सिलवाल
५ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको आठ स्थानीय तहबाट १ लाख ३४ हजार ६ सय २० जना मतदाता सहभागी हुने भएका छन् । जिल्लाको ६ गाउँपालिका र २ नगरपालिबाट १ लाख ४३ हजार ६ सय २० मतदाता सहभागी हुने भएका हुन् ।
आगामी निर्वाचनको लागि ६ गाउँपालिका र २ नगरपालिकामा गरी ९० वटा मतदान स्थल र १ सय ७० वटा मतदान केन्द्र तोकिएका छन् । एउटा मतदान केन्द्रमा तीन सय देखि १ हजार ६४ जना मतदाताले मतदान गर्न पाउछन् । निर्वाचनको लागि स्थानीय तहमा मतदाता शिक्षा कार्यकर्ता र स्वमसेवक पठाएर मत सदर बनाउन व्यापक रुपमा अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए ।


उनले भने,‘गत संविधानसभा निर्वाचनमा रामेछाप जिल्लाबाट ८ प्रतिशत मत बदर भएको थियो, यस पटको नयाँ संरचनामा अनुसार निर्वाचन हुने भएकाले मतपत्र केही लामो हुन्छ ।’

यस्तो छ रामेछापको ९० मतदान स्थल र १ सय ७० मतदान केन्द्र 

प्रतिक्रिया दिनुहोस्