रामेछापलाई समृद्ध बनाउन युवा जुटनु पर्छः नेता ढुंगेल



६ वैशाख, रामेछाप ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले आगामी स्थानीय तहको निर्वाचनमा युवाहरु दुरुपयोग हुन नहुने बताएका छन् । उनले उद्योग धन्दा सञ्चालन गर्ने र देशलाई समृद्धि बनाउने दिशामा युवा विद्यार्थीहरुले भूमिका खेल्नु पर्ने बताएका हुन् ।
नेविसंघको ४८ औं स्थापना दिवसको अवसर रामेछाप मन्थली इकाईद्धारा बुधवार शहीद बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढुगेलले विदेशिएका ४५ लाख युवाहरुलाई स्वदेश फर्काउने योजना अगाडि सारिने बताए ।
उनले भने,‘देशमा रोजगारी नपाएर विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउने गरी पार्टीले घोषणा पत्र तयारी गरेको छ, अब बोलीमा होइन, व्यवहारमै काम गरेर देखाउने बेला आएको छ ।’
शान्ति र समृद्धि नै पार्टीको मुख्य नीति भएको बताउदै उनले निर्वाचनले सक्षम र योग्य उम्मेदवार छान्नु पर्ने बताए । रामेछाप जिल्ला प्राकृतिक स्रोत साधनले सम्पन्न भएपनि विकासले गति लिन नसकेको छैन, केन्द्रीय सदस्य ढुंगेलले भने,‘अब ढिलासुस्ती गर्ने बेला छैन, सबै मिलेर जिल्लाको समृद्धिको लाग्ने बेला आएको छ ।’
राजनीतिलाई लोकतान्त्रिक विधि अनुरुप प्रयाग गर्नुपर्ने बताउदै उनले निर्वाचनमा सम्पत्ति र गुण्डागर्दी गर्ने परम्पराको अन्त्य गर्न युवाहरु जुटनु पर्नेमा जोड दिए । कार्यक्रममा नेबिसंघ जिल्ला कार्य समिति रामेछापका सचिव बिनोद बुढाथोकी लगायतले सहभागीता रहेको थियो । नेविसंघ केन्द्रीय कार्य समितिले ‘गाउँ जाउ नगर जाउ कांग्रेस जिताउ’ भन्ने नाराको साथ सबै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्