पुष्पलालको जन्मस्थल रामेछापमा हरित शहर बन्ने



७ वैशाख, काठमाडौं ।
सरकारले नेपाली राजनीतिका शिखर पुरुषहरु विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पुख्र्यौली घरहरु अव हरियाली पार्क र संग्राहलयमा विकसित हुने भएका छन् । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आज बसेको मन्त्रिपरिषद बैठकमा यससम्बन्धी प्रस्ताव पास भएको हो ।


बीपीको पुख्र्यौली घर सिन्धुली जिल्लास्थित दुम्जा–धरनीडाँडा, सुनकोशी गाउँपालिका र पुष्पलालको जन्मस्थल रामेछाप जिल्लास्थित रामेछाप नगरपालिका वडा नं. ८ भँगेरीमा वातावरणमैत्री स्वच्छ, सफा र हरित सहर निर्माण हुने भएको छ ।

सहरी नीति र बहुवर्षीय योजनाअनुरुप एक एक वटा हरियाली पार्क निर्माण गर्ने र बीपीको पुख्र्यौली गाउँमा एक संग्राहालय समेत निर्माण गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको खेलकुद मन्त्री दलजित श्रीपाईलीले बताए । त्यस प्रयोजनका लागि दुवै नेताहरूको स्मृतिमा जग्गा अधिग्रहण, सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनका लागि रू ५० लाखका दरले रू १ करोड विनियोजन गर्ने समेत निर्णय भएको उनले बताए । दुवै स्थानमा निर्माणको कार्य यही आर्थिक वर्षदेखि नै प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्