चण्डेश्वर चौलागाई सर्वसम्मत वडा अध्यक्षका उम्मेदवार



७ वैशाख, रामेछाप ।
आगामी स्थानीय तहको निर्वाचनको लागि सुनापति गाउँपालिका–१ बाट चण्डेश्वर चौलागाई (राजुं) नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनेका छन् । आज बसेको वडा कमिटीको बैठकले चौलागाईलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


अध्यक्षका उम्मेदवार चौलागाईले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले भने,‘जनताको दुःख–सुखमा साथ दिने पार्टी माओवादी हो, अब पनि वडाको विकास र समृद्धिको लागि माओवादीले काम गर्छ ।’ चौलागाई लामो समयदेखि जनताकै घरदैलोमा रहेर राजनीतिक गर्दै आएका छन् ।

वडाको विकास निर्माणमा सक्रियतापूर्वक लागेका चौलागाईले निर्वाचनमा विजयी भएपछि अझ प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्