लिखु गाउँपालिकाको प्रमुखमा खड्काको उम्मेदवारी घोषणा



९ वैशाख, रामेछाप ।
नेकपा एमालेले रामेछापले आगामी स्थानीय तहको निर्वाचनको लागि लिखु गाउँपालिकाबाट गोविन्दबहादुर खड्कालाई प्रमुखको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

त्यसैगरी लिखु गाउँपालिकाको उप प्रमुखमा दिपशिखा दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कमिटीको बैठकले सुनापति गाउँपालिको प्रमुखमा प्रदिप योञ्जनलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी एमालेले ४ गाउँपालिकाका प्रमुख र २ नगरपालिकाको उम्मेदवार छनोटको लाग गृहकार्य तीब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्