सिन्धुली–रामेछाप जोडने सुनकोसीको खैरनीघाट पुल निर्माण धमाधम



९ वैशाख, रामेछाप ।
रामेछाप–सिन्धुली जाडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माणले गति लिएको छ । पुलको रामेछापपट्टीको पिलर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलको तीन दुई वटा पिल्लर निर्माणको काम सम्पन्न भएको छ । यस बर्ष पिलर निर्माण सम्पन्न गर्ने र अर्को बर्ष पुल सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

विगतको बर्षको तुलनामा यस बर्ष पुल निर्माण कार्यले पुल अर्को बर्ष सञ्चालनमा आउने आशा पलाएको छ । मंसिरदेखि सुरु भएको पुल निर्माण अन्तर्गत तीन वटा पिलरनिर्माण सम्पन्न भएको छ भने रामेछापपट्टीको पुल निर्माण कार्य धमाधम भइरहेको छ ।

आठ वर्ष अघि निर्माण कार्य सुरु भएको सिन्धुली–रामेछाप जोडने सुनकोसीस्थिति खैरनीघाटको पुल यसै बर्ष पिल्लर निर्माण सम्पन्न हुने र अर्को माघ महिनाभित्रमा गाडि गुडाउने लक्ष्य लिइएको छ । पुल निर्माण गर्न सरकारले देखाएको चासो र पुलको नयाँ डिजाइन बनेपछि पुल निर्माण कार्यले गति लिएको छ ।

पुल निर्माणको ठेकेदार कम्पनी कन्काई लामा खम्पाचे जेभीले रामेछाप पट्टीको पिलर निर्माणको आधा काम सन्पन्न भएको र जेठ अन्तिमसम्म सम्पन्न हुने बताएको छ ।

झण्डै ८ करोड रुपैयाँमा निर्माणाधिन पुल निर्माणको ठेक्का पाएका कन्काई लामा खम्पाचे जेभीको सञ्चालक आङदावा शेर्पाले अर्को गाडी गुडाउने गरी काम भइरहेको रामेछाप न्युजलाई बताए । खैरेनीघाट पुलको लम्बाई ८३ मिटर रहेको छ । सुनकोसी नदीमै छोटो पुलको रुपमा रहेको पुल निर्माण भएपछि रामेछापवासीका लागि ठूलो टेवा पुग्नेछ ।

राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुन समयमा निर्माण नहुँदा रामेछाप वासीले ठूलो सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्