खनियापानी ५ नम्बर वडालाई समृद्ध बनाउने खड्काको सात योजना



गाउँगाउँमा स्थानीय तहको निर्वाचनको माहोल छाएको छ । गाउँगाउँमा निर्वाचनको अभियान लिएर राजनीतिक दलका नेताहरु पुगेका छन् । के चिया पसल । के चोक के घर । सबै ठाउँमा आगामी स्थानीय तहको निर्वाचनमा कस्तो उम्मेदवार बनाउने भन्ने बहस र छलफल सुरु भएको छ । गाउँगाउँमा राजनीतिक दलसँगै गाउँठाउँको विकास गर्न सक्नेलाई उम्मेदवार बनाउनु पर्ने बहस सुरु भएको छ ।

 

जनक कुमार खडका,  अध्यक्षको उम्मेदवार सनुापति गाउँपालिका–५ खनियापानी

नेपाली कांग्रेस सुनापति गाउँपालिका वडा नम्बर ५ बाट कांग्रेसले जनक कुमार खड्कालाई निविरोध अध्यक्षको उम्मेदवार घोषणा गरेर चुनावी अभियानमा जुटेको छ । २०३१ मंसीर २० मा रामेछाप जिल्ला सुनापति गाउँपालिका–५ खनियापानीमा जन्मिएका अध्यक्षका उम्मेदवार खड्का लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका छन् ।

जलदेवी मावि खनियापीबाट प्राथमिक शिक्षा हासिल गरेका खड्काले बेथानस्थित कुशेश्वर माविबाट एसएलसी पास गर्दै प्रमाणपत्र तहसम्मको अध्यान गरेका छन् । राजीतिकसँगै सामाजिक कार्यमा लाग्दै आएका खड्का खनियापानी वडामा स्थापित नेता रुपमा परिचित छन् ।
अध्यक्षका उम्मेदवार खड्का पञ्चायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र प्राप्तिको लडाइँमा आफने जीवन समर्पण गरेका केशरबहादुर खड्का रानजीतिमा प्रभावित भएर रानजीतिमा सक्रिय भएका थिए । माध्यामिक शिक्षा अध्यक्षको क्रममा बेथानको कुशेश्वर माविमा नेविसंघकोे राजनीतिबाट आफने राजनीतिक यात्रा सुरु गरेका खडका २०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भएका थिए ।
२०४८ को संसदीय निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ का तत्कालिन उम्मेदवार मिनबहादुर भण्डारीको चुनाव प्रसार प्रसारमा लागेका खड्का २०४९ मा स्थानीय निर्वाचनमा खनियापानी गाविसको निर्वाचनमा कांग्रेसलाई जिताउन लागेका थिए । २०५१ को मध्यावधी निर्वाचनमा तत्कालिन उम्मेदवार पदम शकंर अधिकारीको चुनाव प्रचार प्रसारमा सक्रियतापूर्वक खड्का २०५४ को स्थानीय निकायको निर्वाचनमा सक्रियतापूर्वक लागेका थिए ।
२०५६ मा भएको संसदीय चुनावमा क्षेत्र नम्बर २ मा कांग्रेसका तत्कालिन उम्मेदवार रामहरि ढुंगेलेको चुनावी प्रचार प्रसारमा खनियापानी गाविसको प्रचार प्रसारको सह–संयोजक रहेका उनले २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि खनियापनी गाविसमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेका थिए ।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा रामेछाप जिल्ला क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रामचन्द्र खड्काको चुनावी प्रसार प्रसारमा खनियापानीबाट पार्टीको इकाई सभापति तथा चुनाव प्रसार प्रसार समितिको संयोजक रहेका खड्का रातदिन नभनी पार्टीको काममा सक्रिय छन् । खनियापानी–५ नम्बर वडामा २९ सय मतदाता रहेका छन् । यसै विषयमा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार जनक खड्कासँग रामेछाप न्युजले गरेको कुराकानीः–

कृषिलाई आनुधिककरण
खनियापानी वडाको अधिकाशं क्षेत्र सुख्खाग्रस्त छ । वडामा अहिले पनि परम्पारगत रुपमा कृषि पेशा चल्दै आएको छ । अब आधुनिक ढंगले कृषि पेशालाई सम्मानित र आर्थिक समृद्धिको आधार बनाउछु । वडाको रुपाकोटमा उत्पादन हुने जुनार, सुन्तला, स्याउ लगायतका फलफुल खेतीलाई आधुनिक ढंगबाट अगाडि बढाउने योजना बनाएको छ । निर्वाचनमा विजयी गराए सुख्खा क्षेत्रीमा सुनकोसीको पानी लिफ्ट गर्ने योजना बनाएको छ । रुपाकोट जुनार उत्पादनको लागि राम्रो क्षेत्र भएकाले पकेट क्षेत्रकै रुपमा विकास गर्नुपर्छ । वडामा उत्पादन हुने आँट खेतीलाई पनि व्यवसायिक रुपमा अगाडि बढाउने मेरो योजना छ ।
युवालाई गाउँघरमै रोजगारी
खनिपानी वडाका सयौ युवा अहिले पनि राजगारीको अभावमा विदेशिएका छन् । वडामा रोजगारीको अवसर सृजना गर्नु मेरो पहिलो योजना हुनेछ । गाउँघरमा उद्योग सञ्चालन गरेर युवाहरुलाई गाउँघरमा नै रोजगारी सृजना गर्नुपर्छ । कुखुरा पालन, बाख्रा पालन, लगायतका पशुपालन मार्फत पनि आम्दानी गर्न सकिन्छ । अब हरेक युवाहरुले गाउँघरमा नै रोजगारी पाउने अवस्थाको सृजना हुन्छ ।

लिफ्ट मार्फत खानेपानी
वडाको खनियापानी, डाँसे, लगायतका क्षेत्रमा अहिले खानेपानीको अभाव देखिएको छ । सहज रुपमा खनोपानीको व्यवस्था गर्नको लागि सुनकोसीबाट लिफ्ट सिस्टम मार्फत खानेपानीको प्रर्बद्धन गरिनेछ । खनियापानीमा उर्वर भूमि भएर पनि सिचाईको अभाव हुँदा आम्दानी हुने खेतीयोग्य जमिनहरु त्यसै खेर गइरहेका छन् । सुख्खा क्षेत्र पनि आँप लिची लगायतका व्यवसायीक खेती सञ्चालन गर्नुपर्छ । अब परम्परागत रुपमा मकै मात्र लगाएर हुँदैन । माटो र हावापानी अनुसारको नयाँ प्रविधि मार्फत बाझै रहेका जग्गामा फलफुल खेती सञ्चालन गर्नुपर्छ ।
लुभुको फाँटमा व्यवसायिक तरकारी खेती
गाविसको लुभुमा अहिले परम्परागत रुपमा धान मकै र गहुँ मात्र खेती हुँदै आएको छ । अब खेती गर्ने तरिका परिवर्तन गर्नुपर्छ । लुभुमा खेती योग्य खेलमा अब नयाँ प्रविधि मार्फत व्यवायिक रुपमा तरकारी खेती सञ्चालन गर्नुपर्छ । एउटा गह्रो मात्र आलु लगाउने होइन । अब वडाले नै नीति बनाए जग्गा भाडामा लिएर तरकारी खेती सञ्चालन गर्नुपर्छ । लुभुमा उत्पादन हुने तरकारी सुनापति गाउँपालिका र राजधानी काठमाडौंमा निर्यात गर्न सकिन्छ । सिचाईको प्रबृद्र्धन गर्न सुनकोसीको पानी सहज रुपमा लिफ्ट गर्न सकिन्छ । यसको लागि सरकारले निशुल्क बिजुली प्रदान गर्ने व्यवस्था मिलाउन म लाग्छु ।
सुनापतिलाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ
राजधानी काठमाडौंबाट झण्डै एक सय किलोमिटर दुरीमा रहेको सुनापति गाउँपालिको सुनापतिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर यस क्षेत्रका बासिन्दाको जीवन शैलीमा परिवर्तन ल्याउन सकिन्छ । सुनापति डाँडामा भ्यु टावर निर्माण, पिकनिक स्थल निर्माणको काम अगाडि बढाउनु पर्छ । सुनकोसीको खैरेनीघाटमा निर्मानाधिन पक्की पुल सञ्चालनमा आएपछि राजधानी काठमाडौंसँगको आवत जावत सहज हुन्छ । यस क्षेत्रको प्राकृतिक स्रोत र साधानलाई सही ढंगले सदुपयोग गरेर जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ ।
बृक्ष रोपन मार्फत हरियाली
संरक्षणको अभावमा वडाभित्र रहेका सामुदायिक वन उजाड हुँदै गएको छ । अब सुख्खाग्रस्त क्षेत्रमा वृक्षरोपन मार्फत हरियाली प्रबद्र्धन गर्ने काममा मेरो प्राथमिकता हुनेछ ।
वडाको टोलटोलमा सडक पहुँच
अहिले वडाको अधिकाशं क्षेत्रमा सडक पुगेको छ । सडकको स्तरउन्नती मेरो पहिलो प्राथमिकता हुनेछ । सडक पुग्न बाँकी टोलटोलमा सडक पुर्याउनेदेखि लिएर सडको गुणस्तर राम्रो बनाउने मेरो लक्ष्य छ । सडकलाई बाह्रै महिना सञ्चालन गर्न सकिने बनाउने मेरो उदेश्य छ ।

प्रतिक्रिया दिनुहोस्