दोरम्बा गाउँपालिकाको प्रमुखमा एमालेबाट लामा प्रमुखका उम्मेदवार



११ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले दोम्बा गाउँपालिको प्रमुखमा प्रेम कुमार लामालाई प्रमुखमा उठाउने घोषणा गरेको छ । पार्टीको बैठकले लामालाई सर्वसम्मत दोरम्बा गाउँपालिकाको प्रमुखमा उठाउने निर्णय गरेको हो ।

त्यसैगरी एमालेले दोरम्बा गाउँपालिकाको सात वटै वडाका वडा अध्यक्षको पनि सर्वसम्मत टुंगो लगाएको छ । १ नम्बर वडामा ढालबहादुर राना मगर, वडा नम्बर २ मा बाला लामा, वडा नम्बर ३ मा लालपदम थापा, वडा नम्बर ४ मा धनबहादुर नगरकोटी, वडा नम्बर ५ मा लालविक्रम घिसिङ, वडा नम्बर ६ मा भरतमुनि सुवेदी र वडा नम्बर ७ मा अमर मोक्तानलाई सर्वसम्त रुपमा उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्