लिखु गाउँपालिकाको उप–प्रमुखमा खडकाको उम्मेदवारी



११ वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसले रामेछापको लिखु गाउँपालिकाको उप–प्रमुखमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कल्पना खड्कालाई गाउँपालिकाको उप–प्रमुख बनाउने घोषणा गरेको छ । कांग्रेसले खड्कालाई सर्वसम्म उपप्रमुखमा उठाउने निर्णय गरेको हो ।

२०६५ सालमा पद्यमकन्या क्याम्पसबाट स्ववियुको सदस्य, २०६७ मा रामेछापको कांग्रेस जिल्ला सदस्य हुँदै खडका् २०६६ सालमा नेपाल लोकतान्त्रिक अपाङग स.घको केन्द्रीय कोषाध्यक्ष भएकी थिइन । जनआन्दोलन २०६२, २०६३ सालको घाइते समेत हुन रहेकी खडका् हाले नेविसंघको केन्द्रीय सदस्य छिन् । उपप्रमुखको उम्मेदवार खडका मार्टस दोस्रो सेमेस्टर अध्यायनरत छिन् भने उनले विश्वका विभिन्न २२ देशको भ्रमण समेत गरेकी छिन् । खडका्को ११ बर्षको उमेरमा दुर्घटनामा परी दाहिने हाट काटिएको छ ।

त्यसैगरी नेकपा एमालेले पनि लिखु गाउँपालिकाको उप–प्रमुखमा दिपशिखा दाहाललाई उठाउने निर्णय गरेको छ । उप–प्रमुखका उम्मेदवार खडकाले लिखु गाउँपालिकामा कांग्रेसको जित सुनिश्चित रहेको बताइन । उनले भने,‘देशमा समृद्धि र शान्ति नेतृत्व कांग्रेसले गर्दै आएको छ आगामी निर्वाचनमा पनि लिखु गाउँपालिकामा कांग्रेसको जित निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्