सरकारले जेठ १५ मा नै बजेट ल्याउन पाउछः निर्वाचन आयोग



११ वैशाख, काठमाडौं ।
निर्वाचन आयोगले जेठ १५ मा नै सरकारले बजेट ल्याउन पाउने बताएको छ । संविधान अनुसार बजेट ल्याउन निर्वाचन आचारसंहिताले नरोक्ने बताएको हो ।
सरकारले जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको नियमित कार्यक्रम र संवैधानिक व्यवस्था भएको भन्दै जेठ १५ मा बजेट ल्याउन सकिने बताएको छ ।
प्रमुख विपक्षी दल एमालेले भने बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्न नमिल्ने बताएको थियो । तर, आयोगले बजेटका लागि आचारसंहिता नलाग्ने बताएको छ । यद्यपि मिल्छ भने बजेट चुनावपछि ल्याउन पनि सुझाव दिइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।यदि जेठ १५ मा बजेट ल्याउने भए मतदातालाई प्रभावित पर्ने कार्यक्रम ल्याउन नपाउने आयोगले बताएको छ । साथै सरकारको नीति तथा कार्यक्रम बनाउँदा आयोगको परामर्श लिनु पर्ने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्