कांग्रेस–एमालेले पहिला आचारसंहिता पढ्नु पर्छः सांसद श्रेष्ठ



११ वैशाख, रामेछाप ।
नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले आचारसंहिता उल्लघनको आरोप लगाउनु अघि एक पटक राम्रोसँग आचारसंहिता पढन आग्रह गरेका छन् । उनले आचारसंहिता लागू हुनु भन्दा अघि नै स्वीकृत भएका विकास निर्माण ओजना सञ्चालन गर्दा कसरी आचारसंहिता उल्लघन हुन्छ ? भन्ने प्रश्न गरेका हुन् ।

रामेछाप न्युजसँग सांसद श्रेष्ठले भने,‘मैले पोल बोकेर गएको छैन, जनताको सक्रियतामा भएको विकास निर्माण हुनु आचारसंहिता उल्लघंन मानिदैन, विकास निर्माणको काममा पार्टीगत आरोप लगाउने काम भएको छ, यो भ्रम फैलाउने काम हो ।’ उनले थपे,जनताले सडक खन्न नपाउने, बिजुलीको पोल गाढन् नपाउने, खानेपानीको आयोजना अगाडि बढाउन नपाउने ?
लामो समयदेखि अन्कारमा बसेका जनतालाई उज्यालो बनाउने उदेश्यले निर्वाचन आचारसंहिता लागू हुनु भन्दा अघि सञ्चालन भएको कार्यक्रममा आचारसंहिता उल्लघन भयो भनेर आरोप लगाउनु गलत भएको बताए ।

‘जिल्लामा सञ्चालित विद्युतीकरणको काम आचारसंहिता लागू हुनु भन्दा अघि नै सुरु भएको हो’उनले भने,‘जनताको सक्रियतामा भएको विकास निर्माणको कामलाई सांसदमाथि दोष थोपरेर हुन्छ ?’

जिल्लामा बसेको सर्वदलिय बैठकले पनि आचारसंहिता लागू हुनु भन्दा अघि नै स्वीकृत भएका विकास निर्माणको कामलाई अगाडि बढाउने सहमति भएको छ । आचारसंहिता लागू हुनु भन्दा अघि नै स्वीकृत भएका विकास निर्माणको योजना सुचारु हुनेछन भन्ने राजनीतिक पार्टीका नेताहरुलाई थाहा छैन ? श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्