निर्वाचनमा एकताबद्ध भएर लाग्न पोखरेलको निर्देशन



१२ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सिंहदरवारको अधिकार गाउँगाउँसम्म ल्याउन आफ्नो माओवादीले नै भूमिका खेलेको बताएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा माओवादीको जित सुनिश्चित रहेको बताउदै उनले पार्टीका नेता तथा कार्यकताहरु एकताबद्ध भएर निर्वाचनमा लाग्न निर्देशन दिए । ‘सिहदरवारको अधिकार गाउँघरमा आइपुगेको छ’, उनले भने,‘माओवादीको एजेण्डा स्थापित गर्न निर्वाचन पनि माओवादीले नै जित्नु पर्छ ।’

निर्वाचन परिचालन समिति नेकपा माओवादी केन्द्रद्धारा रामेछापको मन्थलीमा आयोजित प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रमलाईसम्बोधन गर्दै नेता पोखरेलले माओवादीको नेतृत्वमा मात्र अब देशको समृद्धि सम्भव रहेको बताए । नेता पोखरेलले रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामै माओवादीले जित्नु पर्ने बताए । उनले भने,‘निर्वाचनमा मन बचन र कर्मबाट पार्टीप्रति प्रतिबद्ध भएर निर्वाचनमा लाग्नु पर्छ ।’
कार्यक्रममा जिल्ला इन्चार्ज धावा लामा, पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाई, माओवादीका पोलिटब्यूरो सदस्य एवं रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ लगायतका नेतहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा ६ गाउँपालिका र २ नगरपालिका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । जिल्लामा माओवादीले ६४ वटा वडाका अध्यक्षको टुंगो लगाएको छ । त्यसैगरी माओवादीले मन्थली नगरपालिको मेयरमा माओवादीका पूर्व सभासद नारानारायण श्रेष्ठलाई उठाउने निणर्य गरेको छ । माओवादीले गोकुलगंगा गाउँपालिकाको प्रमुखमा प्रेम कुमार कार्कीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाइसकेको छ । पाँच गाउँपालिका र रामेछाप नगरपालिकामा भने प्रमुख र मेयर छनोट गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्