लिखु गाउँपालिकाको प्रमुखमा कार्कीको उम्मेदवारी घोषणा



१३ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले लिखु गाउँपालिकाको प्रमुखमा धुव्र  कार्कीलाई उठाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यालयको बैठकले कार्कीलाई प्रमुखमा र उप–प्रमुखमा बन्दना श्रेष्ठ पौडेललाई उठाउने निर्णय गरेको हो ।

गाउँपालिकाबाट सिफारिस भएर आए अनुसार माओवादीले कार्कीलाई प्रमुखमा उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रमुखको उम्मेदवार कार्कीले जनयुद्धको समयदेखि नै माओवादीबाट राजनीतिक सुरु गरेका थिए ।

केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका प्रमुखका उम्मेदवार कार्कीले लिखु गाउँपालिकामा माओवादीको जित सुनिश्चि भएको बताए । उनले रामेछाप न्युजसँग भने,सिंहदरवारको अधिकार माओवादीले नै गाउँगाउँमा ल्याएकाले माओवादीले नै जित्छ ।’

आफूलाई प्रमुखमा विजय गराए लिखु गाउँपालिको समृद्धिको लागि भूमिका खेल्ने बताउदै उनले माओवादीकै पहलमा लिखु गाउँपालिकामा विस्तारै विकासमा गति लिएको बताउदै आगामी दिनमा सडक, खानेपानी विद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने योजना रहेको बताए ।

लिखु गाउँपालिकामा एमालेले गोविन्द्र खडकालाई प्रमुख र दिपशिखा दाहाललाई उप–प्रमुखमा उठाउने निर्णय गरिसकेको छ भने कांग्रेसले भने अहिलेसम्म प्रमुख र उप–प्रमुखको टुंगो लगाउन सकेको छैन् । लिखु गाउँपालिकामा १५ हजार १ सय ८३ जना मतदाता रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्