एमालेले छान्यो ६ नगरपालिकाको प्रमुख र रामेछाप नगरपालिकाको मेयर, मन्थलीको बाँकी



१३ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले ६ गाउँपालिको प्रमुख र रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेको छ । चार वटा वडा बाहेक एमालेले ६० वटा वडा अध्यक्षको पनि टुंगो लगाएको छ ।

मन्थली नगरपालिकाको मेयर छनोटमा भने एमालेभित्र विवाद देखिएको छ । उम्मेदवार छनोट गर्न बनेको टिममा नै विवाद भएपछि मन्थली नगरपालिकाको मेयरको टुंगो लाग्न नसकेको हो ।मन्थली नगरपालिकाको मेयरमा आनन्द श्रेष्ठ, लव श्रेष्ठ, रमेश वस्नेत र धु्रव कार्कीले दावी गरेका छन् । चारै जनाले दावी नछोडेपछि उम्मेदवार छनोट गर्न बनेको टोलीले सकेसम्म भोली बिहानसम्म सहमति कायम गर्ने र नभए केन्द्रमा सिफारिस पठाउने तयारी गरेको छ ।

एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछाप न्युजसँग भने,‘६ गाउँपालिका, रामेछाप नगरपालिकाको प्रमुख र मेयरको उम्मेदवार घोषणा भएको छ, अब ४ वटा वडाका अध्यक्षहरुको पनि भोलीसम्म टुंगो लाग्छ ।’ उनले चार जनाबाट तीन जनाको नाम मात्र केन्द्रमा सिफारिस गर्ने बताए । रामेछाप जिल्लामा रहेको ६ गाउँपालिका र २ नगरपालिकामा गरी ६४ वटा वडा रहेको छ ।

एमालेले अहिलेसम्म ६ गाउँपालिका र रामेछाप नगरपालिको मेयरको टुंगो लगाएको छ । एमालेले सुनापति गाउँपालिकाको प्रमुखमा प्रदिप योञ्जन, दोरम्बा गाउँपालिको प्रमुखमा प्रेम कुमार लामा, खाँडादेवी गाउँपालिकाको प्रमुखमा प्रेमबहादुर तामाङ, रामेछाप नगरपालिकाको मेयरमा रोशन पाख्रिन, लिखु गाउँपालिको प्रमुखमा गोविन्द खड्का, गोकुलगंगा गाउँपालिकाको प्रमुखमा खड्कबहादुर सुनुवार र उमाकुण्ड गाउँपालिको प्रमुखमा शेरबहादुर सुनुवारको उम्मेदवारी घोषणा गरिसकेको छ ।
रामेछापको ६४ वडाबाट वडाबाट अध्यक्ष सहित ३ सय २० जना उम्मेदवार बन्ने छन् । ६ गाउँपालिकाबाट प्रमुख ,उप–प्रमुख गरी १२ जान र दुई गरपालिकाबाट मेयर र उप–मेयर गरी ४ जना उम्मेदवार छनोट गर्नुपर्ने हुन्छ । अध्यक्ष पौडेलका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीबाट ३ सय ३६ जना उम्मेदवार हुनेछन् । उनले भोलीसम्म सबै उम्मेदवारको टुंगो लगाएर सिंगो पार्टी पंत्ती निर्वाचनको अभियानमा जुटने बताए ।

प्रतिक्रिया दिनुहोस्