खाडाँदेवी गाउँपालिकाको प्रमुखमा तामाङ,उप–प्रमुखमा श्रेष्ठ



१३ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले खाँडादेवी गाउँपालिकाबाट प्रमुखमा प्रेमबहादुर तामाङलाई उठाउने निर्णय गरेको छ । एमालेले उप–प्रमुखमा मखमली श्रेष्ठलाई उठाउने निर्णय गरेको हो ।

खाँडादेवी गाउँपालिकाबाट ज्ञानकुमार श्रेष्ठ, होम बुढाथोकी र प्रेमबहादुर तामाङको नाम सिफारिस भएको थियो । सोही नामको आधारमा पार्टीले तामाङलाई उम्मेदवार घोषणा गरेको एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले जानकारी दिए ।
अध्यक्षका उम्मेदवार प्रमेबहादुर तामाङले खाँडादेवी गाउँपालिकामा एमालेको जित सुनिश्चित रहेको बताए । उनले भने,‘खाँडादेवी गाउँपालिकाभित्र सडक, खानेपानी स्वास्थ शिक्षाको विकास गर्नु मेरो उदेश्य हो ।’ खाँडादेवी गाउँपालिकामा १६ हजार ९ सय १२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्