रामेछाप नगरपालिकाको मेयरमा कांग्रेसद्धारा उम्मेदवारी घोषणा



१३ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले जिल्लाका पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा मेयरको उम्मेदवार घोषणा गरेको छ । कांग्रेसले मेयरमा नरबहादुर मगरलाई उठाउने निर्णय गरेको हो । कांग्रेसले उपमेयरमा सृर्जना खड्कालाई उठाउने निर्णय गरेको छ ।

रामेछाप नगरपालिकाबाट पार्टी जिल्ला सभापति लवश्री न्यौपाने र पार्टी सचिव लेखबहादुर कार्कीका नाम चर्चामा रहेपनि मगरलाई नै मेयरको उम्मेदवार बनाएको हो ।
रामेछाप नगरपालिकामा एमालेले रोशन पाख्रिनलाई मेयरको उम्मेदवार बनाएको छ भने माओवादीले मेयरको उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको छ । रामेछाप नगरपालिकामा ९ वटा वडा रहेको छ भने १८ हजार ९ सय ४९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्