माओवादीबाट दोरम्बा गाउँपालिकाको प्रमुखमा मोक्तान



१३ वैशाख, रामेछाप ।

नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाको दोरम्बा गाउँपालिकाको प्रमुखमा कमान मोक्तानलाई उठाउने निर्णय गरेको छ । माओवादी जिल्ला कार्यालयको बैठकले मोक्तानलाई दोरम्बा गाउँपालिकाको प्रमुखमा उठाउने निर्णय गरेको हो ।

गाउँपालिकामा उम्मेदवारको टुंगो लाग्न नसकेपछि जिल्ला कमिटीलाई सिफारिस गरेको थियो । दस बर्षे जनयुद्धमा सहभागी भएका मोक्तान पार्टीको केन्द्रीय महाधिवेशन आयोजन समितिको सदस्य समेत हुन् । गत दोस्रो संविधानसभा निर्वाचनमा पनि मोक्ताले सभासदमा उठने दावी गरेका थिए ।

दोरम्बा गाउँपालिकाबाट यशु चौलागाईको नाम चर्चामा रहेपनि मोक्तानलाई नै प्रमुखकको उम्मेदवार बनाएको छ । मोक्तान पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत हुन् । प्रमुखका उम्मेदवार साबिकको लखनपुर गाविसका हुन् ।

प्रतिक्रिया दिनुहोस्