सुनापति गाउँपालिकाको प्रमुखमा माओवादीका जिल्ला इन्चार्ज लामा



१३ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाको प्रमुखमा रामेछापका जिल्ला इन्चार्ज धावा लामालाई उठाउने घोषणा गरेको छ । जिल्ला कार्यालयको बैठकले लामालाई सर्वसम्मत सुनापति गाउँपालिको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादीले गाउँपालिकाको प्रमुखमा आकांक्षी धेरै भएकाले जिल्ला इन्चार्जलाई उम्मेदवार बनाएको छ । जिल्ला इन्चार्ज समेत रहेका लामाले रामेछाप न्युजसँग आफू सुनापति गाउँपालिको प्रमुखमा उम्मेदवार भएको बताए । उनले भने,‘सुनापति गाउँपालिकालाई समृद्धि बनाउने भिजन सहित उम्मेदवार बनेको छु ।’

लामा लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका छन् । सुनापति गाउँपालिको प्रमुखको उम्मेदवार घोषणा भएपनि वडाका अध्यक्षहरुको भने अझै टुंगो लाग्न सकेको छैन् ।

माओवादीले दोरम्बा गाउँपालिकाबाट कमान मोक्तान, गोकुलगंगा गाउँपालिकाबाट प्रेमकुमार कार्की, लिखु गाउँपलिबाट धुब्र कार्कीलाई गाउँपालिकाले प्रमुखमा उम्मेवार बनाउने घोषणा गरिसकेको छ । त्यसैगरी मन्थली नगरपालिकाबाट पूर्व सभासद तारानारायण श्रेष्ठलाई मेयरको उम्मेदवार घोषणा गरिसकेको छ ।

माओवादीले खाँडादेवी र उमाकुण्ड गाउँपालिकाको प्रमुख टुंगो लगाउन बाँकी भने रामेछाप नगरपालिकाको मेयरको विषयमा पनि छलफल भइरहेको लामाले जानकारी दिए । उनका अनुसार दुई दिनभित्र जिल्लामा सबै क्षेत्रमा उम्मेदवारको टुंगो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्