खाडाँदेवी गाउँपालिका–३ भिरपानीको विकास गर्ने यस्ता छन केसीको योजना



नेपाली कांग्रेसबाट रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी वडा अध्यक्षका उम्मेदवार नेत्रबहादुर केसीले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले वडाको विकासको लागि विगदेखि नै भूमिका खेल्दै आएको बताउदै आगामी दिनमा वडालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् ।
जिल्ला खानेपानी उपभोक्ता महासंघको सदस्य समेत रहेका उम्मेदवार केसीले आफ्नो वडा सुख्खा ग्रस्त भएकाले पहिलो प्राथमिकता खानेपानीको योजना सञ्चालन गरेर जनतालाई घरघरमा पानी पुर्याउने रहेको बताउछन् । खाडाँदेवी गाउँपालिकाका–३ भिरपानीमा २७ सय २७ मतदाता रहेका छन् ।

नेत्रबहादुर केसी, वडा अध्यक्षका उम्मेदवार खाडाँदेवी गाउँपालिका–३ भिरपानी

वडाको प्रत्येक घरघरमा खानेपानी
लामो समयदेखि खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ मा खानेपानीको ठूलो समस्या झेल्दै आएका छन् । खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्दै आएका छन् । यो सास्तीको अन्त्य गरेर काकाकुल यहाँका बासिन्दालाई खानेपानी पुर्याउन मेरो पहिलो प्राथमिकता हुनेछ । भीरपानी लिफ्ट खानेपानी उपभोक्ताको अध्यक्षको हैसियतले पनि मैले वडाको छिटो भन्दा छिटो खानेपानीको योजना सम्पन्न गर्नु हुनेछ ।

टोल टोलमा सडक पुर्याउछु
३ नम्बर वडाको अधिकांश ठाउँमा सडक पुगे पनि केही टोलमा सडक पुग्न सकेको छैन् । अब वडाको मुख्य सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नती गर्ने र बाँकी सडकलाई पनि विस्तारै उस्तरउन्नती गर्दै लैजाने योजना बनाएको छु । खाडाँदेवी गाउँपालिकाको नाका सित्खाको पुल सञ्चालनमा आएको छ । अब सित्खादेखि मन्थली नगरपालिकासम्म जोडने सडकलाई पिच गराउन अभियान अगाडि बढाउनु पर्छ । यस अघि पनि यस सडक विपी राजमार्गको वैकल्पिक सडकको रुपमा सञ्चालन गर्नुपर्छ भनेर माग राख्दै आएका छौं । यो सडक पिच भएको अवस्थामा दोलखा, ओखलढुंगा लगायतका जिल्लाका बासिन्दालाई समेत आवत जावत गर्न सहज हुन्छ ।

डेढ बर्षभित्र भिरपानी वडा झिलिमिली हुन्छ
डेढ बर्षभित्र वडाका सबै जनताको घरमा विद्युतीकरण गर्ने पर्छ भनेर लागेका छौं । वडाको भलार्यखकर्मा बिजुली बत्ती बलेको सकेको छ । लाप्का र डाँडा टोलमा बिलुलीको लाइन विस्तारको काम भइरहेको छ । ट्रान्समिटर ल्याउने पहल भइरहेको छ । कांग्रेसकै पहलमा वडामा विद्युतीकरणको लागि ५५ लाख रुपैयाँ विनियोजन भएको छ । छिट्टै नै निकासा भएर आउछ । यो बजेट आउने वित्तिकै खाडाँदेवी गाउँपालिका भिरपानी ३ नम्बर वडा झिलिमिली हुन्छ ।

सित्खादेखि खाडाँदेवी मन्दीरसम्म केबुलकार
खाँडादेवी–३ नम्बरको मात्र नभई सिंगो खाडाँदेवी गाउँपालिकाको विकासको लागि सित्खादेखि खाडाँदेवी मन्दिरसम्म केबुलकार सञ्चालन गर्ने योजना अगाडि सारेका छौं । यस योजना सञ्चालन गर्न सकेको अवस्थामा यहाँका जनताको आर्थिक अवस्था निकै राम्रो हुन्छ । स्थानीयले आफ्नो गाउँठाउँमा नै रोजगारी पाउछन् । केबुलकार सञ्चालनमा ल्याउन सकेको अवस्थामा धार्मिक पर्यटनको गन्तव्य पनि बन्छ । यो योजना अगाडि बढाउनुको अर्को विकल्प छैन् ।

सुख्खा टारमा सिचाइँ मार्फत तरकारी खेती
सुख्खा ग्रस्त वडा भएकाले सिचाइँको राम्रो व्यवस्था छैन् । अब आम्बोटे, तारमबोटे सित्खा फाँट, डप्खा, पलासे,घोर्मा फाँडमा लगायतका सुख्खा टारमा सुनकोसीको पानी लिफ्ट मार्फत सिचाइँ गर्ने योजना अगाडि सारेको छु । यहाँका बासिन्दा अहिलेसम्म आकाशे पानीकै भरमा खेतीपाती गर्दै आएका छन् । सिचाइँ आयोजना सञ्चालन गरेर यहाँका सुख्खा टारीहरुमा व्यवसायिक रुपमा तरकारी खेती गर्ने र यहाँ उत्पादन हुने कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउने काम वडाले गर्नेछ । वडाको सबै क्षेत्रमा विद्युतीकरण हुने वित्तिकै लिफ्ट सिचाइँ आयोजना अगाडि बढाउनुपर्छ ।

बाख्रा पालन र कुखुरा पालन मार्फत आर्य आर्जन
खाडाँदेवी–३ नम्बर वडामा बाख्रपालन र कुखुरा पालनको लागि राम्रो क्षेत्र मानिन्छ । अब परम्परागत रुपमा होइन व्यवसायिक रुपमा बाख्रा पालन र कुखुरा पालनलाई अगाडि बढाउनु पर्छ । स्थानीयस्तरमा रोजगारी सृजना गर्नको लागि अब परम्परागत रुपमा होइन व्यवसायिक रुपमा सोच्ने बेला आएको छ । युवाहरुलाई विदेश जान नपर्ने वातावरण सृजना गर्नुपर्छ ।

पार्टी र जनताको चाहनामा उम्मेदवारी
मैले जिल्ला पार्टी र वडाका जनताको चाहना अनुसार वडा अध्यक्षमा उम्मेदवारी दिएको छु । मलाई विजयी गराएको खण्डमा वडाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, सिचाइँ खानेपानी लगाययको विकासमा सक्रियापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छु । जनताले विकासको चाहना पूरा गर्न नेतृत्वदायि भूमिका खेल्न मैले उम्मेदवारी दिएका हुँ । मलाई विश्वास छ जनताले मलाई अत्याधिक मतले विजय गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्