सुनापति गाउँपालिकाको प्रमुखमा मोक्तान, उपप्रमुखमा खडका



१५ वैशाख, रामेछाप ।
नेपाली काग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको सुनापति गाउँपालिकाबाट जितेन्द्र मोक्तानलाई प्रमुखमा उठाउने घोषणा गरेको छ । जिल्ला कार्य समितिको बैठकले मोक्तानलाई सुनापति गाउँपालिको प्रमुखमा उठाउने निर्णय गरेको हो ।

सुनापति गाउँपालिकाबाट प्रमुखको लागि धेरै आकांक्षी भएपनि कांग्रेसले मोक्तानलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदै आएका छन् । मोक्तानले आफूलाई निर्वाचनमा विजयी गराए सुनापति गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने बताए ।

उनले रामेछाप न्युजसँग भने,‘मलाई सुनापति गाउँपालिकालाई प्रमुखमा विजयी गराए गाउँपालिकालाई समृद्धि बनाएर छोडछु ।’ उनले गाउँपालिकाको सडकको स्तरउन्नती, बिद्युत, स्वास्थ्य शिक्षा, भुकम्प पछिको पुननिर्माणको कामलाई प्राथमिकता दिने बतए ।

त्यसैगरी कांग्रेसले सुनापति गाउँपालिकाको उपप्रमुखमा विनिता खड्कालाई उठाउने निर्णय गरेको छ । सुनापति गाउँपालिकामा प्रमुखमा भुवन खडका चर्चा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्