माओवादीले घोषणा गर्यो उमाकुण्ड गाउँपालिकाको प्रमुखमा कालिकोटे



१६ वैशाख, रामेछाप ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले उमाकुण्ड गाउँपालिको प्रमुखमा मदनकुमार कालिकोटेलाई उठाउने घोषणा गरेको छ ।

जिल्ला पार्टीको कार्यालयको बैठकले कालिकोटेलाई सर्वसम्मत गाउँपालिको प्रमुखमा उम्मेदवार बनाउने घोषणा गरेको हो । उम्मेदवार कालिकोटेले उमाकुण्ड गाउँपालिको विकास र समृद्धिको लागि लाग्ने बताए । उनले भने,‘माओवादीले सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याएको छ, अब संस्थागत गरेर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्