मतदाता परिचय पत्र लिन अनिवार्य रुपमा नागरिकता चाहिने



१६ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा रहेका १ लाख ३४ हजार ६ सय २० जना मतदाताले आफ्नो परिचय पत्र लिन अनिवार्य रुपमा नागरिकता देखाउनु पर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता परिचय पत्र लिन व्यक्ति स्वयम उपस्थिति भएर नागरिकता देखाउनु पर्ने बताएको छ ।

रामेछापकको ६ गाउँपालिका र २ नगरपालिकामा वैशाख २८ २९ र ३० गते आठ स्थानीय तहकोे १ सय ७० मतदान केन्द्रबाट मतदात परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्