रामेछाप नगरपालिकामा रत्न नेवारको सम्भावना बलियो



१७ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले रामेछापको ५ गाउँपालिका र १ नगरपालिकामा प्रमुख र मेयरको टुंगो लगाए पनि खाँडादेवी गाउँपालिकाको प्रमख र रामेछाप नगरपालिको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन् । रामेछाप नगरपालिकामा मेयरको टुंगो लगाउन माओवादीको जिल्ला कार्यालयले गृहकार्य अन्तिम चरणमा पुर्याएको छ ।

रामेछाप नगरपालिकामा स्थापित नेता रत्न नेवारलाई मेयरका उठाउने अन्तिम तयारी माओवादीले गरेको छ । नेवार रामेछापमा स्थापित नेताको रुपमा परिचित छन् । नेवारलाई रामेछाप नगरपालिका ९ वटा वडाबासीले मेयरका उम्मेदवार बनाउनु पर्ने माग गरेका छन् । जिल्ला कार्यालय रामेछापका एक नेताले भने,‘रत्न नेवारको माग जनस्तरबाट आएको छ, हामी गृहकार्य गरिरहेका छौ, पार्टीले जनताको चाहना र माग अनुसार नै टिकट दिने हो, नेवारको नै मेयरको उम्मेदवार हुने सम्भावना बलियो छ ।’


रामेछाप नगरपालिको मेयरको टुंगो लगाउन छलफल भएपनि अझै टुंगो लाग्न सकेको छैन् । रामेछाप नगरपालिाको मेयरको टिकट पाउनको लागि शिसिर खड्कीले पनि दावी गरेका छन् ।

त्यसैगरी माओवादीले खाडाँदेवी गाउँपालिकाको प्रमुखमा शिवकुमार कार्कीलाई उठाउने तयारी करिब पक्कापक्की भएको बताइएको छ ।

माओवादीले रामेछापको ६४ वटा मध्ये सुनापति गाउँपालिको केही वडाको वडा अध्यक्ष टुंगो लगाउन सकेको छैन् ।
रामेछाप नगरपालिका, खाडाँदेवी गाउँपालिका र बाँकी रहेका केही वडा अध्यक्षका उम्मेदवारको टुंगो लगाउन जिल्ला कार्यालयको बैठक काठमाडौंमा जारी छ । बैठकले आजसम्म सबै उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

कांग्रेस र एमालेले उम्मेदवार छनोट गरेर चुनावी अभियानमा लागेपनि माओवादी भने दुई स्थानीय तहको उम्मेदवारको टुंगो लगाउने आन्तरिक गृहकार्यमा अल्झिएको छ ।

सुनापति गाउँपालिका–४ बाट खड्क घिसिङको सम्भावना बलियो रहेको बताइएको छ । सुनापति–४ मा विकास लामाले पनि वडा अध्यक्षको दावी गरेका छन् । तर वडावासीले खड्क घिसिङ नै हुनुपर्ने दबाब दिएको कारण घिसिङलाई नै वडा अध्यक्ष बनाउने अन्तिम तयारीमा पार्टी पुगेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्