रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा कांग्रेसले टुंगो लगायो उम्मेदवार को–कहाँ ? (सूची सहित)



१७ वैशाख, रामेछाप ।

रामेछाप कांग्रेसले वैशाख ३१ गते हुने स्थानी तहको निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेसले रामेछापको ६ गाउँपालिका प्रमुख, उपप्रमुख र २ नगरपालिकाका मेयर र उपमेयरको टुंगो लगाएको हो । कांग्रेसले मन्थली नगरपालिकाको मेयरमा युवराज भट्टराई र उपमेयरमा मिनाकुमारी कार्कीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले उमाकुण्ड गाउँपालिकाको प्रमुखमा हिक्मत सुनुवार र उपप्रमुखमा उर्मिला बस्नेतलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यसैगरी गोकुलगंगाको प्रमुखमा नानिबाबु बस्नेत र उपप्रमुखमा तुलसा खड्का, लिखु गाउँपालिको प्रमुखमा चन्द्र राउत र उपप्रमुखमा कल्पना खड्का उम्मेदवार बनाएको नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताए ।

कांग्रेसले रामेछाप नगरपालिकाको मेयरमा कांग्रेसले नरबहादुर मगर र उपमेयरमा सिर्जना खड्कालाई उम्मेदवार बनाएको छ । कार्कीका अनुसार कांग्रेसले खाँडादेवी गाउँपालिकाको प्रमुखमा वेदराज लामा र उपप्रखुमा मिनाकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । कांग्रेसले दोरम्बा गाउँपालिकाको प्रमुखमा मानबहादुर लामा र उपप्रमुखमा खमला थापमगरलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी सुनापति गाउँपालिकाले प्रमुखमा जितेन्द्र मोक्तान र विनिता खड्का प्रमख र उप्रमुखको उम्मेदवार बनाएको सचिव कार्कीले बताए ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाहरु र वडाहरुमा आप्mना उम्मेदवारहरु चयन गरेको बताए । उनले उम्मेदवारहरु छनोट गर्दा जनताका भरोसा योग्य, पार्टीमा लगनशिल, निष्ठावान र कर्तव्यशिल व्यक्तिहरुको छनौट गरिएको बताउदै उनले रामेछाप न्युजसँग भने,‘ कांग्रेसले सबै जातजाती, धर्म, लिंग र भूगोललाई समेत समेटेर उम्मेदवार छनौट गरेको छ, कसैले पनि असन्तुष्टि जनाउनु पर्ने ठाउँ छैन ।’
सचिव लेखबहादुर कार्कीले रामेछाप न्युजसँग भने,‘पार्टीले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ, अब निर्वाचन पनि पार्टी एकताबद्ध भएर लाग्छ ।’ केही असन्तुष्टि र गुनासोलाई पनि पार्टीले सम्बोधन अगाडि बढ्ने उनले बताए ।

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा ६४ वटा वडा रहेका छन् । सचिव कार्कीले ६० वटाका अध्यक्ष र सदस्यको टुंगो लागेपनि ४ वटामा केही सदस्यहरु बाँकी रहेकाले सम्बन्धित गाउँपालिकाले नै टुंगो लगाउने जानकारी दिए ।

यस्ता छन ६ गाउँपालिका र नगरपालिका उम्मेदवारहरु (सूचि सहित ।

प्रतिक्रिया दिनुहोस्