एमालेले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने ( घोषण पत्रको पूर्ण पाठ सहित)



१७ वैशाख, काठमाडौं ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि घोषण पत्र सार्वजनिक गरेको छ । एमालेले दस बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्नेदेखि दस बर्षमा नेपालीको प्रतिव्यक्ति आए पाँच हजार डलर पु¥याउने योजना अगाडि सारेको छ । एमालेले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भन्दा महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । एमालेले १० बर्षभित्र नेपालीको प्रति व्यक्ति आय पाँच हजार डलरभन्दा बढी पु¥याउने पाँच बर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउने बताएको छ ।
घोषणापत्रमा स्थानीय सरकार गठन भएको १ बर्षभत्रसबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने प्रतिवद्धता व्यक्त गर्दै गरिबीको रेखा मुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराइने बताएको छ । एमालेले १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सादै नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने बताएको छ ।

कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिंगाड, नौमुरे र बुढीगण्डकी परियोजना छिट्टै सम्पन्न गर्ने र उत्पादन, खाना पकाउने लगायतका घरेलु प्रयोजन र उर्जा आवश्यक हुने सबै क्षेत्रमा विद्युतको उपयोग गर्ने एमालेको घोषणपत्रमा उल्लेख गरिएको छ । नेपालमा उत्पादन भएको विद्युत अन्तर्राष्ट्रिय बजारमाा विक्री गर्नुको साथै गरिबीको रेखामुनि रहेका परिवरालाई विद्युत उपयोगमा सहुलित दिने बताइएको छ ।
कांग्रेस र माओवादीको घोषणपत्र महत्व दिएको रेल यातायातलाई पनि एमालेले प्राथमिकताको साथ आफ्नो घोषण पत्रमा समावेश गरेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने बताउदै घोषणा पत्रमा आधुनिक प्रविधिको प्रयोग गरी पाँच सबै राजमार्गको विस्तरा गर्ने, काठमाडौं–तराई फास्ट ट्रयाक, हुलाकी रजमार्ग पाँच बर्षभित्र नेपालकै लगानीमा निर्वाचन सम्पन्न गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्