उम्मेदवारको टुगो नलाग्दै रमेश बस्नेतलाई बधाईको ओइरो



१७ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले मन्थली नगरपालिको मेयरको उम्मेदवार कसलाई बनाउने टुंगो लगाएको छैन् । निर्वाचनको कार्यतालिका अनुसार भोली ११ बजेदखि उम्मेदवारको मनोनयत दर्ता गर्ने कार्यक्रम रहेका छ । एमालेभित्रको आनन्द श्रेष्ठ र रमेश बस्नेत दुवैले मेयरमा आकांक्षा देखाउदा सहमति जुटन नसकेपछि जिल्ला कमिटीको उम्मेदवार छनाट समितिले प्रदेश समितिलाई सिफारिस गरेर पठाएको छ ।


तर हिजादेखि रमेश बस्नेतलाई मेयरको उम्मेदवार बनेको भन्दै बधाई दिनेको ओइरो लागेको छ । तर बस्नेतलाई पार्टीले आधिकारीक रुपमा उम्मेदवार भएको निर्णय दिएको छैन् । बस्नेलाई आउने हरेक फोन बधाईको मात्र आउन थालेपछि उनी पनि अच्चमित भएका छन् । तपाई मन्थली नगरपालिको मेयरको उम्मेदवार भएको हो भन्ने रामेछाप न्युजको प्रश्नमा बस्नेतले भने,‘मलाई पार्टीले आधिकारिक रुपमा उम्मेदवार हो भनेको छैन तर बधाई दिनको ओइरो लागेको छ, म आफै पनि अन्यौलमा छु ।’

तर उनले उम्मेदवार बन्नको लागि आफू दावेदार भएको बताए । उनले सामाजिक सञ्जालमा पार्टीले टुंगो नै नलाग्दै उम्मेदवार भएको भनेर प्रचार गरेकोप्रति भने आश्चार्य लागेको बताए । जिल्ला कमिटीका एक सदस्यका अनुसार मंगलवार बिहान मात्र को उम्मेदवार हुने टुंगो लाग्ने बताए । तर उम्मेदवारको आधिकारीक घोषणा नहुँदै बस्ने मन्थली नगरपालिको मेयर भएको भन्दै सामाजिक सञ्जालमा व्यापक रुपमा प्रचार भएको छ ।

प्रतिक्रिया दिनुहोस्