मन्थलीमा कांग्रेसका उम्मेदवार परिवर्तन, भट्टराईले उम्मेदवार फिर्ता लिए श्रेष्ठ मेयरको उम्मेदवार



१९ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले अन्तिम समयमा आएर मन्थली नगरपालिकाको मेयरको उम्मेदवार परिवर्तन गरेको छ । यसअघि बसकेको कांग्रेसको बैठकले मन्थली नगरपालिकाको मेयरमा युवराज भट्टराईलाई उठाउने घोषणा गरेको थियो । तर तीन दिनपछि आज उम्मेदवार दर्ता गर्ने दिन कांग्रेसले गुन्जबहादुर श्रेष्ठलाई मन्थली नगरपालिमनको मेयरको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले पार्टीको बैठकले युवराज भट्टराईकै सहमतिमा श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको रामेछाप न्युजलाई बताए । उनले भने,‘उम्मेदवार परिवर्तन सहमतिमै भएको हो, कुनै विवादको कारण होइन ।’
यस अघि उम्मेदवारको टुंगो लागेका युवराज भट्टराईले आफ्नो पारिवारिक कारणले उम्मेदवारी नदिने निर्णय लिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पारिवारिक दबाबको कारण पनि मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, कुनै विवाद भएर होइन ।’ भट्टराईले पार्टीले उम्मेदवार बनाएको गुन्जबहादुर श्रेष्ठ आफू भन्दा पनि योग्य क्षेमतावान, मेहनती रहेको बताए ।
मन्थली नगरपालिकाबाट उम्मेदवार गुन्जबहादुर श्रेष्ठले आपूmलाई विश्वास गरेर पार्टीले टिकट दिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीले अन्तिम समयमा आएर निकै विश्वासको साथ मलाई टिकट दिएको छ, म मन्थली नगरपालिकालाई समृद्ध बनाउने काममा लाग्ने छु ।’ कांग्रेसले उपमेयरमा मिना कार्कीलाई यथावत राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्