सुनापति गाउँपालिकामा माओवादीद्धारा उम्मेदवारी दर्ता



१९ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले रामेछापको सुनापति गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । माओवादीले सुनापति गाउँपालिकाको अध्यक्षमा रामेछापका जिल्ला इन्चार्ज धावा लामा र उपाध्यक्षमा गीता विष्ट (चौलागाई) लाई उम्मेदवार बनाएको छ ।


त्यसैगरी माओवदीले सुनापति गाउँपालिका–१ गुन्सीको वडा अध्यक्षमा चण्डेश्वर चौलागाई (राजु), वडा नम्बर २ दिपीपोखरीको अध्यक्षमा कमल केसी, वडा नम्बर ३ हिलेदेवीको अध्यक्षमा बाबुलाल तामाङ, वडा नम्बर ४ बेथानको अध्यक्षमा पदमबहादुर तामाङ (विकास), वडा नम्बर ५ खनियापानीको वडा अध्यक्षमा ठूलोकान्छा उम्मेदवार बनाएको छ ।


उम्मेदवारी दर्ता गराएपछि सुनापति गाउँपालिको अध्यक्ष धावा लामाले आफने जित सुनिश्चित भएको बताए । उनले भने,‘सुनापति गाउँपालिका माओवादीको किल्ला हो, सबैले एकताबद्ध भएर निर्वाचनमा लाग्नु पर्ने खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्