दोरम्बा गाउँपालिकामा माओवादीले दर्ता गरायो उम्मेदवारी



१९ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएको छ । माओवादीले दोरम्बा गाउँपालिको अध्यक्षमा कमानसिंह मोक्तान र उपाध्यक्षमा कृशला घिसिङलाई उम्मेदवार बनाएको छ ।

माओवादीले दोरम्बा गाउँपालिका–१ डडुवाको वडा अध्यक्षमा कृष्णहरि श्रेष्ठ, वडा नम्बर २ दोरम्बाको वडा अध्यक्षमा खडक श्रेष्ठ, वडा नम्बर ३ टोकरपुरको वडा अध्यक्षमा रामचन्द्र थापा, ४ नम्बर गौश्वराको वडा अध्यक्षमा चन्द्रबहादुर मगर, ५ नम्बर वडा गुरासेकोको वडा अध्यक्षमा गंगाबहादुर तामाङ, ६ नम्बर लखनपुरको वडा अध्यक्षमा अम्बिका प्रसाद गजुरेल र ७ नम्बर वडा लखनपुरको वडा अध्यक्षमा रेम थापालाई उम्मेदवार बनाएको छ । माओवादीले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडापालिकाको अध्यक्ष र सबै सदस्यहरुको उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्