रामेछापको ८ स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न, को कहाँ ? (सुचि सहित)



१९ वैशाख, रामेछाप ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि रामेछाप जिल्लाको ६ गाउँपालिका र २ तगरपालिकामा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । निर्वाचनको लागि नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र संघीय समाजवादी फोरम र केही स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता गराएको रामेछापका जिल्ला न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए । उनले जिल्लाको ८ वटै स्थानीय तहमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको बताए ।

मन्थली नगरपालिकामा को–को ?
मन्थली नगरपालिकामा कांग्रेसबाट नगर प्रमुखमा विनोद विनोद कार्की , उपप्रमुखमा गंगा अधिकारी, कार्की, एमालेबाट नगर प्रमुखमा रमेश बस्नेत, उपप्रमुखमा माया कार्की र माओवादीबाट नगर प्रमुखमा तारानारायण श्रेष्ठ, उपप्रमुखमा रीतादेवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् स्थानीय तहको निर्वाचनको लागि रामेछापका ८ वटा स्थानीय तहमा १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेका छन् ।
रामेछाप नगरपालिकामा को–को ?
रामेछाप नगरपालिकामा काग्रेसबाट नगर प्रमुखमा नरबहादुर मगर र उपप्रमुख सिर्जना खड्का, एमालेबाट नगर प्रमुखमा रोशन पाख्रिन, उप्रमुखमा शान्तादेवी पौडेल सापकोटा र माओवादीबाट नगर प्रमुखमा शिसिर खड्गी र उपप्रमुदख इन्दिरा बख्रेलले उम्मेदवार दर्ता गराएका छन् । रामेछापका नगरपालिका निर्वाचन अधिकृत कृष्ण प्रसाद पुडासैनीले स्थानीय तहको निर्वाचनको लागि पाँच राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको रामेछाप न्युजलाई बताए । उनका अनुसार कांग्रसको ४५ जना, एमाले ४७, माओवादी ४६, राप्रपा ३६, नयाँ शक्ति २ र स्वतन्त्र ७ जनाले उम्ेदवारी दर्ता गराएका छन् ।
खाडाँदेदेवी गाउँपालिकामा को–को ?
त्यसैगरी खाडाँदेवी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा वेदराज लामा, उपाध्यक्षमा मिना श्रेष्ठ, एमालेबाट अध्यक्षमा प्रेम तामाङ र उपाध्यक्षमा मखमली श्रेष्ठ र माओवादीबाट अध्यक्षमा शिवकुमार कार्की र उपाध्यक्षमा सुकु माझीले उम्मेदवारी दर्ता गराएका छन् ।
दोरम्बा गाउँपालिकामा को–को ?
दोरम्बामा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापा मगर, एमालेबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा सुभद्रा पाठक कंडेल र माओवादीबाट अध्यक्षमा कमानसिंह मोक्तान र उपाध्यक्ष्ँमा कृसला घिसिङको उम्मेदवारी दिएका छन् ।
सुनापति गाउँपालिकामा को–को ?
त्यसैगरी सुनापतिमा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा जितेन्द्र मोक्तान र उपाध्यक्षमा विनिता खड्का, एमालेबाट अध्यक्षमा प्रदिप योञ्जन र उपाध्यक्षमा पासाङ डोल्मा लामा र माओवादीबाट अध्यक्षमा धावा लामा र उपाध्यक्षमा गिता विष्टले उम्मेदवारी दिएका छन् ।
उमाकुण्ड गाउँपालिकामा को–को ?
स्थानीय तहको निर्वाचनको लागि उमाकुण्ड गाउँपालिकामा काग्रेसबाट अध्यक्षमा हिक्मत सुनुवार, उपाध्यक्षमा सर्मिला कार्की, एमालेबाट अध्यक्षमा शेरबहादुर सुनुवार, उपाध्यक्षमा महारानी कार्की, माओवादीबाट मदन कालिकोटे र उपाध्यक्षमा लक्ष्मी तामाङले उम्मेदवारी दर्ता गराएका लिखु गाउँपालिकाका निर्वाचन अधिकृत नारायण प्रसाद रिसालले जानकारी दिए ।
गोकुलगंगा गाउँपालिकामा को–को ?
गोकुलगंगा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा नानीबाबु बस्नेत, उपाध्यक्षमा तुलसा केसी खड्का, एमालेबाट अध्यक्षमा खड्गबहादुर सुनुवार, उपाध्यक्षमा राधिका श्रेष्ठ, माओवादीबाट अध्यक्षमा प्रेमबहादुर कार्की, उपाध्यक्षमा मञ्जु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
लिखु गाउँपालिकामा को–को ?
लिखु गाउँपालिकामा पनि राजनीतिक दलहरुले उम्ेमदवारी दर्ता गराएका छन् । लिखु गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा चन्द्र राउत र उपाध्यक्ष कल्पना खड्का, एमालेबाट अध्यक्षमा गोविन्द खड्का, उपाध्यक्षमा दीपशिखा दाहल, माओवादीबाट अध्यक्षमा ध्रुव कार्की, उपाध्यक्षमा वन्दना श्रेष्ठ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्