लोकमानको ठाउँमा दिप बस्न्यात सिफरिस



१९ वैशाख, काठमाडौं ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातलाई सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको हो ।
परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले बस्न्यातलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
ghRV4QDd, KB7nECMbZ4G, qoFqrZarc14mhoM, DZUhUH1dOm8pDX, B6fs3sICHatsk3mS, r4JaY, 66tvOSb, FjPtfmj11, fjQ1fn, rP4ZVnBAl