रामेछाप नगरपालिकालाई समृद्ध बनाउने कार्कीको एक दर्जन योजना



२० वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकालाई समृद्ध बनाउन एक दर्जन भन्दा बढी योजना अगाडि सारेका छन् । उनले गरिबीको कारण कसैले पनि भोकभोकै ज्यान गुमाउन अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

कार्कीले भने–औषधी उपचारको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस ।’ नगरपालिकाभित्र सबैले समान ढंगेले स्वास्थ्य शिक्षा पाउनु पर्ने बताउदै उनले कृषिमा अनिवार्य रुपमा विमाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नगरपालिकाभित्र आवासिय क्याम्पस, विभिन्न जातजातिको ऐतिहासिकता र कला संस्कृति सम्बद्र्धन हुने संग्राहलय स्थापना गनुपर्ने, प्रत्येक वडमा युवा हकहित केन्द्रको स्थापना गर्नुपर्छ, उनले भने । प्रत्येक वडामा स्थानीयहरु समेतको सेयर लगानीमा कम्तिमा एउटा उद्योग स्थापना गर्नुपर्ने बताउदै कार्कीले कलकारखाना, जलविद्युत आयोजमा स्थानीयहरुले सेयर अनिवार्य रुपमा लगानी गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रत्येक वडामा बजार संकलन केन्द्र, बाल उद्य्यान, ध्यान योग, भजन केन्द्र संचालन गनुपर्छ, एक घर, एक रोजगारको व्यवस्था गर्नुपर्छ, जेष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र स्थापना गर्नुपर्छ, कार्कीले भने । प्रत्येक वडामा वर्थिङ सेन्टर सहितको अस्पताल निर्माण गर्नुपर्ने बताउदै घर–घरमा धारा, शौचालय, खेत–खेतमा सिंचाइको गनुपर्ने कार्कीको योजना छ ।
नगर भित्रका सडकहरु कालोपत्रे,नगरपालिको सबै क्षेत्रमा विद्युतीकरण, पर्यटन केन्द्र र होमस्टेको व्यवस्था गर्नुपर्ने उनले बताए । रोजगारमुखी शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिदै जग्गा बाँझो नराख्ने अवस्था सृजना गर्नुपर्ने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्