रामेछापमा ५ सय ६८ जना म्यादी प्रहरी परिचालिन हुने



२१ वैशाख, रामेछाप ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि  रामेछापमा ५ सय ६८ जना म्यादी प्रहरी परिचालित हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले स्थानीय तहको निर्वाचनको लागि अति सवेदनशिल, सवेदनशिल र सामान्य गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति लागू गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेलले निर्वाचनमा जिल्लाभर ५ सय ६८ जना म्यादी प्रहरी परिचालिन हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘तालिम प्राप्त म्यादी प्रहरीलाई ६ गाउँपालिका र २ नगरपालिकाको १ सय ७० मतदान केन्द्रमा परिचालन गछौं ।’ स्थानीय तहको निर्वाचनमा पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहेन छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादु खत्रीले रामेछापमा सुरक्षाको सम्पूर्ण तयारी भइसकेको बताए । उनले रामेछाप न्युजसँग भने,‘६ गाउँपालिका र २ नगरपालिकामा सुरक्षाको दृष्टिकोणबाट कुनै पनि कमी हुन नदिने गरी प्रशासनले सबै तयारी पूरा गरिसकेको छ ।’ निर्वाचनको लागि रामेछापमा पर्याप्त सुरक्षाकर्मी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्