गाउँपालिका र नगरपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति ?



२३ वैशाख, काठमाडौं ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ।

ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो।
यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन्।

कसको कति तलब कति ?
महानगरपालिका प्रमुख  ६० हजार
उपप्रमुख स् ५० हजार वडाअध्यक्ष  ३० हजार
उपमहानगरपालिका प्रमुखः ४५ हजार
उपप्रमुखः ४० हजार
वडाअध्यक्षः २५ हजार
नगरपालिका प्रमुखः ३० हजार
उपप्रमुखः २५ हजार
वडाअध्यक्षः२० हजार
गाउँपालिका प्रमुखः२५ हजार
उपप्रमुखः २० हजार
वडाअध्यक्षः १५ हजार
बैठक भत्ता १ हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरुका लागि एक हजार रुपैयाँ बैठक भत्ता तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्