मन्थलीमा नमूना निर्वाचन सम्पन्न (फोटो फिचर सहित)



२४ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा नमूना मतदान सम्पन्न भएको छ । रामेछापको २ गाउँपालिका र ६ गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरेसँगै नमूना मतदान सम्पन्न भएको हो । निर्वाचनमा परिचालन हुने मतदान अधिकृत, कर्मचारी, प्रहरी, म्यादी प्रहरी सहितलाई सहभागी गराएर नमूना मतदान कार्यक्रम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रदान गरेको तालिममा वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा नमूना मतदान नै गरेर देखाइएको छ ।

रामेछापको ८ स्थानीय तहमा रहने १ सय ७० वटा मतदान केन्द्रमा ३ सय ४०  जना मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने भएका छन् । स्थानीय तहमा खटिने मतदान अधिकृतले वैशाख २८ गतेबाट मतदान परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले बताए । मतदान परिचय पत्र प्राप्त गर्नको लागि व्यक्ति स्वयम नागरिकता लिएर उपस्थिति हुनेपर्ने निर्वाचन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्