सुनापति गाउँपालिकामा माओवादीको जित सुनिश्चित छः धावा लामा



२५ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछाका जिल्ला इन्चार्ज समेत रहेका सुनापति गाउँपालिकाका अध्यक्षका उम्मेदवार धावा लामाले सुनापति गाउँपालिकामा माओवादीको जित सुनिश्चित रहेको बताएका छन् । उनले माओवादी नेतृत्वमा गाउँगाउँमा सिंहदरवार आएको बताउदै अबको पाँच बर्षभित्र सुनापति गाउँपालिको मुहार गर्ने गरेर काम गर्ने बताएका हुन् ।


चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तर्गत सुनापाति गाउँपालिका–५ खनियापानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामाले भने,‘सुनापति गाउँपालिकाको विकासमा माओवादी मन बचन र कर्मबाट लाग्छ, अबको विकासको नेतृत्व पनि माओवादीले नै गर्छ ।’

कार्यक्रममा नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाईले सुनापति गाउँपालिकामा माओवादीले नै जित्ने बताए । उनले भने,‘पाँच बर्षको अवधिमा सुनापति गाउँपालिकामा परिवर्तन गरेर देखाउछौं ।’ सुनकोसी तेस्रो जलविद्युत आयोजना कार्यान्वयनमा ल्याउनु पहिलो प्राथमिकता भएको बताउदै उनले सडकको स्तरउन्तती गर्ने, खानेपानीको समस्या समाधान गर्ने काममा पार्टीले भूमिका खेल्ने बताए ।


सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्ट (चौलागाई)ले अबको प्राथमिकता सुनापति गाउँपालिको विकास र समृद्धि भएको बताइन । अहिलेको परिवर्तन ल्याउन विगतमा पार्टीले निकै ठूलो त्याग र वलिदान गरेको बताउदै उनले भनिन–सुनापति गाउँपालिकाको समृद्धिको लागि पनि माओवादीलाई जिताउनुको अर्को विकल्प छैन् ।’ उपाध्यक्ष विष्टले जनताको अधिकार गाउँगाउँमा ल्याउन पार्टीले नै नै ठूलो भूमिका खेलेकाले जनताले मत पनि माओवादीलाई दिनुपर्ने बताइन ।


कार्यक्रममा सुनापति गाउँपालिका–५ खनियापानी वडाका वडा अध्यक्षका उम्मेदवार ठूलोकान्छा तामाङले खनियापानीको विकास अब माओवादीको नेतृत्वमा मात्र सम्भव भएको बताए । उनले भने,‘हिजो पदमा नबस्दा पनि जनताको पक्षमा काम गरेको छु, मलाई विजयी गराए जनताको अपेक्षा अनुसार खनियापानी वडामा विकास गरेर देखाउछु ।’

प्रतिक्रिया दिनुहोस्