कुलमानको चुनौतीःकुनियत भए झुण्ड्याइदिए हुन्छ



२६ वैशाख, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले गुणस्तरीय एलइडी बल्ब खरिदमा कुनियत राखेर काम नगरेको बताएका छन् । उनले १५० रुपैयाँमा एलइडी बल्ब ल्याउन व्यापारीलाई चुनौती पनि दिएका छन् ।

विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग किन्न लागेको बल्बबारे प्रश्न उठेपछि घिसिङले आफूले चिलिमेदेखि नै इमान्दारितापूर्वक काम गरेको तर, अहिले चरित्र हत्या गर्ने प्रयास भएको भन्दै दुःख व्यक्त गरे ।
पत्रकार सम्मेलनमा घिसिङले गहभरी आँसु पार्दै भने,‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ आफूहरुले ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई दिन लागिएको उनले बताए ।

घिसिङले आफूहरुको सम्झौतामा मन्त्रिपरिषदबाट पास हुनुपर्छ भन्ने भएकाले प्रस्ताव लगेको बताए । भारतीय सरकारी कम्पनी र नेपाल सरकारबीच भएको स

म्झौता पत्र तथा एलइडी बल्बलाई पर्ने मूल्य अंकित बिलसमेत सार्बजनिक गरेका थिए ।
आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने दुई चार घण्टा लोडसेडिङ गर्दा नै करोडौं कमाउन सक्थे मलाई पैसाको लोभ छैन, जनताको पक्षमा कसरी काम गर्ने भन्ने मात्र चिन्ता छ ।’

प्रतिक्रिया दिनुहोस्