सुनापति गाउँपालिकाको विकास गर्ने धावा लामा र गिता विष्टको ३२ प्रतिबद्धता



सुनापति गाउँपालिका प्राकृतिक स्रोत र साधनमा धनी पनि अपेक्षाकृत रुपमा विकास निर्माणमा फड्को मार्न सकेको छैन् । तथ्याङ विभागको पछिल्लो आकडा अनुसार सुनापति गाउँपालिकामा १८ हजार जनसंख्या रहेको छ । स्थानीय तहको निर्वाचनको लागि १४ हजार ६ सय ६६ मतदाता रहेका छन् ।

अब गाउँपालिकालाई समृद्धि बनाउन उद्योग धन्दा सञ्चालन प्राकृतिक स्रोत र साधनको उचित रुपमा प्रयोग र पर्यटन प्रर्बद्धनमा विशेष ध्यान दिने प्रतिबद्धता नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका धावा लामा र उपाध्यक्षको उम्मदेवार गिता विष्ट (चौलागाई)ले व्यक्त गरेका छन् । सुनापति गाउँपालिकामा साबिककामा ५ वटा वडा रहेका छन् । सबै वडाको समाान ढंगले विकास गर्ने उदेश्य गाउँपालिका उम्मेदारहरुले व्यक्त गरेका छन् ।


स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित सम्पूर्ण अधिकार केन्द्रित भएसँगै विकासको मार्गचित्र कस्तो हुने ? स्थानीय तहको नीतिगत संरचना, साधन स्रोतहरुको परिचालन र भौतिक पूर्वाधारहरुको अवस्था कस्तो हुने ? भन्नेमा गाउँपालिका सबै जनताको चासो छ । माओवादीले सुनापति गाउँपालिको स्पष्ट दृष्टिकोणको साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छ ।

सुनापति गाउँपालिको फेदीमा रहेको सुनकोसी, चौरीखोला र खानीखोला छ । पर्यटकीय क्षेत्रको रुपमा सुनापति गरेको छ । जलस्रोत मार्फत जलविद्युत आयोजना, पर्यटन, कृषि, उद्योग स्थापना मार्फत रोजगारी सृजना सुनापति गाउँपालिकालाई समृद्धि बनाउने आधारहरु माओवादीले अगाडि सारेको छ ।
यस्ता छ माओवादीले सुनापति गाउँपालिकाको विकास गर्ने ३२ योजना

१. सुनकोसी तेस्रो जलविद्युत आयोजना कार्यान्वयन गराउन ।
२.सुनकोसी, चौरीखोला र खानीखोलाबाट ठूला–ठूला नरह बनाई सिंचाइको व्यवस्था गर्न ।
३.वृहत्त सुनापति खानेपानी आयोजना निर्माण गरी खानेपानी संकट समाधान गर्न ।
४.सुनापतिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने ।
५.पाँच बर्षभित्रमा एक घर एक स्नातक कार्यक्रम सम्पन्न गर्ने ।
६.दलित समुदायका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको व्यवस्थित कार्यक्रम ल्याउन ।
७.सुनापति क्षेत्रको माझी, ह्याल्मो, पहरी,जस्ता अल्पसंख्यक जाति÷समुदायको लागि संरक्षण र विकासको कार्यक्रम सञ्चालन गर्ने ।
८.बृद्धबृद्धा अपाङहरुलाई उचित सम्मान र संरक्षणको कार्यक्रम सञ्चालन गर्ने ।
९.गाउँपालिकाबाट हरेक वडासम्म व्यवस्थित सडक सञ्जाल निर्माण गर्न र सुनापति गाउँपालिका भएर जाने मध्य पहाडी लोक मार्गबाट व्यापक फाइदा उठाउनने कार्यक्रम सञ्जालन गर्न । टोलटोलसम्म व्यवस्थित सडक मार्ग निर्माण गर्न ।
१०.सुनकोसी नदीको खैरेनीघाट र सिंदुरेटारमा पक्की पुल बनाउन चौरी खोलाको वाङ्गेवेसीं, सिम्पानी–राम्चे सडक खण्डमा पक्की पुल बनाउन । साथै खानीखोलाको खिम्ती वेसीं डहूवेसी र हिर्केटार–मैरे, जोडने पक्की पुल बनाउन ।
११.सुनापति गाउँपालिकामा एक बुह–प्राविधिक महाविद्यालय स्थापना गर्न ।
१२.सुनापति गाउँपालिकमा एक आधुनिक अस्पताल निर्माण गर्न ।
१३.कृषि क्षेत्रमा पकेट क्षेत्रहरु घोषणा गरी उत्पादन बृद्धि गर्न कृषिको औद्योगिकरण र आनुनिकरण गर्न ।
१४.सहकारी, बैंक, रेडियो लगायत स्थापना गराउन ।
१५.यस क्षेत्रमा व्यवस्थित शहरीकरणको योजना बनाई क्रमश,कार्यान्वयन गर्न ।
१६.कृषि औजार, मल विउ बिजन, पशुपालनका लागि आवश्यक वस्तुहरुको सहज र सुलभ उपलब्धता गर्न ।
१७. शहीद परिवार, बेपत्ता परिवार तथा जनयुद्ध÷जनआन्दोलनका क्रममा जेलनेल यातना भोगेका व्यक्तिहरुलाई विशेष सम्मान सहितका कार्यक्रम सञ्चालन गर्न ।
१८.सुनापति गाउँपालिकाभित्र व्यवस्थित प्रकारको सार्वजनिक यातायातको सञ्जाल निर्माण गर्न ।
१९.एकल महिलाका लागि शिक्षा, रोजगारी र अवसहरुमा विशेष सुविधा उपलब्ध गराउन ।
२०.वडा र गाउँपालिका कार्यालयबाट जनतालाई आवश्यक पर्ने कागज पत्र छिटो छरितो रुपमा उपलब्ध गराउन ।
२१.गाउँपालिका रोजगारीको अवसर सिर्जना गर्न बेरोजगारको तथ्याङ संकलन गरी माथिल्लो निकायबाट उचित व्यवस्थापनको लागि आवाज उठाउन ।
२२.बाढी पहिरो नियन्त्रणका लागि आवश्यक तारजाली उपलब्ध गराउन, अति जोखिमयुक्त वेसीं फाँटहरुमा बाँध बाँधी नदी नियन्त्रण गर्न ।
२३.भुकम्प, भूक्षय जस्ता प्राकृतिक विपद् व्यवस्थानका लागि आवश्यक संयन्त्र र कोष खडा गर्न ।
२४.सुनापति क्षेत्रको जलाधार, वन्यजन्तु, खानी र खनिज पर्दार्थको संरक्षण गर्न ।
२५.वातावरण संरक्षण गरी जैविक विविधता अभिवृद्धि गर्ने ।
२६.अति विपन्न परिवारको पहिचान गरी खाद्यान्न, आवास लगायतका आवश्यक सेवा उपलब्ध गर्ने ।
२७.खेल क्षेत्रको विकासको लागि स्थानीय युवा खेलकुद क्लवहरुसँग मिलेर काम गर्न । यस क्षेत्रमा आवश्यक खेल मैदान निर्माण गर्न ।
२८. गुठी जग्गासँग सम्बन्धित किसानका समस्या समाधान गर्न पहल गर्न ।
२९.किसानका लागि सहज लालपूर्वा उपलब्ध गराउन ।
३०.महिला समुदायका लािग सीप विकास र अवसरको कार्यक्रम अगाडि बढाउन, स्थानीय आमा समुह लगायत महिला संस्थाहरुको शशक्तिकरण गर्न ।
३१.स्थानीय तामाङ, ब्राम्हण–क्षेत्री, मगर नेवार, माझी, ह्याल्मो, महरीको भाषा, संस्कृति कला साहित्यको विकास गर्न ।
३२.वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई विशेष लक्षित गरी सम्पर्क, समन्वय लगानी र घर फिर्ताको कार्यक्रम सञ्चालन गर्न ।

प्रतिक्रिया दिनुहोस्