सुनापति गाउँपालिकाको विकास माओवादीले मात्र गर्न सक्छःचौलागाई



७ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाईले सुनापति गाउँपालिकाको विकास माओवादीको नेतृत्वमा मात्र सम्भव भएको बताएको छन् । सिंहदरवारको अधिकार गाउँगाउँसम्म ल्याउन पार्टीले ठूलो त्याग र वलिदान गरेको बताउदै उनले गाउँपालिकाको विकास पनि माओवादीको नेतृत्वमा मात्र सम्भव भएको बताएका हुन् ।

सुनापति गाउँपालिका–१ गुन्सीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता चौलागाईले भने,‘सुनापति गाउँपालिको विकास कसरी गर्ने भन्ने स्पष्ट योजना अगाडि सारिएको छ,निर्वाचनमा विजयी भएपछि माओवादीले योजनाबद्ध रुपमा जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन गर्ने काम गरेर देखाउछ ।’ उनले सुनकोसी तेस्रो जलविद्युत आयोजना कार्यान्वयनमा ल्याएर सुनापति गाउँपालिकाको मुहार फेर्ने बताए ।
कार्यक्रममा माओवादीका पोलिटब्यूरो सदस्य,एवं रामेछाप जिल्लाको इन्चार्ज समेत रहेका सुनापति गाउँपालिका अध्यक्षका उम्मेदवार धावा लामाले सुनापति गाउँपालिको विकासको लागि आफूहरुले ३२ वटा प्रतिबद्धता अगाडि सारेको बताए । सुनापति गाउँपालिकामा पार्टीको जित सुनिश्चित रहेको बताउदै लामाले भने,‘जनताको घर आँगनमा आएको सिंहदरवारले नै अब गाउँपालिको विकास र समृद्धिको आधार हो ।’ आफू निर्वाचनमा विजयी भएपछि जनता समक्ष गरिएका प्रतिबद्धता सबै पूरा गर्ने उनले बताए ।

कार्यक्रममा सुनापति गाउँपालिका उपाध्यक्षकी उम्मेदवार गिता विष्ट चौलागाईले गाउँपालिकामा माओवादीको जित सुनिश्चित रहेको बताइन । उनले भने,‘हामीले जनता समक्ष प्रतिबद्धता गरेको ३२ प्रतिबद्धता पूरा गरेर गाउँपालिकाको विकास गरेर देखाउछौं ।’

कार्यक्रममा सुनापति गाउँपालिका–१ गुन्सी वडाका अध्यक्ष चण्डेश्वर चौलागाई ‘राजु’ले निर्वाचनमा विजयी भएपछि जनता समक्ष गरिएको बाचा पुरा गरेर छोडने प्रतिबद्धता व्यक्त गरे । माओवादीकै कारण गाउँगाउँमा अधिकार आएको बताउदै उनले अब परिवर्तन संस्थाग गर्ने बेला आएको बताए ।

कार्यक्रममा पूर्व सभापति डिल्लीमान तामाङ नेताहरु पेमा लामा, रामकुमार लामा, अम्बर लामा लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्