चुनावकै मुखमै कांग्रेसका रामेछाप नगरपालिकाका सह–संयोजकलाई कारवाही



२७ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले स्थानीय तहको निर्वाचनको मुखैमा रामेछाप नगरपालिकाका सह–संयोजकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नगरपालिका सह–संयोजक युद्धबहादुर कार्कीले माओवादीका उम्मेदवारलाई मोट मागेको आरोपमा कांग्रेसले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
कांग्रेस रामेछापकासचिव लेखबहादुर कार्कीले पार्टीको नीति विपरीत माओवादीलाई भोट मागेको भन्दै कारवाही गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनमा पार्टी नीति विपरीत काम गर्नेलाई पार्टीले स्पोटमै कारवाही गर्न निर्देशन दिएको, पार्टीको हित विपरीत गलत काम गर्ने सहसंयोजक कार्की अब पार्टीको साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको छ ।’

साबिकको गोठगाउँ गाविसका गाउँपालिका सभापति समेत रहेका कार्कीले कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको भन्दै माओवादीका उम्मेदवारलाई समर्थन गर्न गलत प्रचार गरेपछि कारवाही गरिएको सचिव कार्कीले जानकारी दिए । कार्कीले गाउँपालिका वा नगरपालिकामा पार्टीलाई अन्र्तघात गर्ने काममा संलग्न भए जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिए । रामेछापमा कांग्रेस एमाले र माओवादीबीच कतै रामेछापको ८ स्थानीय तहमा कही कतै पनि औपचारिक रुपमा चुनावी तालमेल भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्