लिखु गाउँपालिकालाई साब्रा खोलाको विजुलीवाट झिलिमिली बनाउछुः तामाङ



२८ वैशाख, रामेछाप।

लिखु गाउँपालिकाका एमालेका वडा अध्यक्षका उमेद्वार निङमार तामाङले आफू विजयी भए दुरागाउँको साब्रा खोलावाट एक मेगावाट विजुलि निकालेर पुरै गाउँपालिकालाई नै झलमल पारिने बताएका छन्।

उनले आफू गाउँपालिकाको अध्यक्ष भए तत्काल साब्राखोलामा एक मेगावाट बिजुली निकाल्नका लागि विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) गराउन लगाउने र गाउँपालिकावासीलाई त्यसमा सेयर भर्न मिल्ने किसिमले योजना बनाउने बताए।


लिखु गाउँपालिकाका सवै जनताको सेयर हुने किसिमले उक्त आयोजनाको विकास गरिने भन्दै ताकाङले अब लिखु गाउँपालिकामा उद्योग कलकारखानको विकास गरेर रोजगारी सृजना गरिने बताए।
उनले साब्राखोलामा पहिलो चरणको अध्ययन चुनाव लगत्तै गरिने र ६ महिनाभित्र डिपिआरको काम सकाउने बताए। चुनावअगाडि हामीले गरेको सर्वेक्षणले दुरागाउँमा एमालेको जित पक्काजस्तै देखाइसकेको भन्दै तामाङले वार्ड नं १ दुरागाउँलाई रामेछापको नमुना वडामा विकास गर्न चाहेको बताए।
यसअघिको चुनावमा दुरागाउँमा नेपाली कंग्रेसले जितेपनि गाउँवासिका समस्या हल गर्न केहि पहल नगरेको भन्दै आफूले जिते प्रत्येक गाउँवासीको घरघरमा गएर समस्या सुनेर योजना तर्जुमा गर्ने बताए।
तामाङले बृद्धा भत्ता वितरणमा पारदर्शी गर्ने बताउँदै अब वडा सदस्यले नै प्रत्येक घरमा गएर बृद्धाभत्ता वितरण गर्ने र समानुपातिक व्यवहार गरिने बताए।उनले उक्त विजुलीले सैपुको ढाँडेदेखि दुरागाउँको कात्तिकेसम्म केवलकार राख्नका लागि पहल गरिने बताए। ‘हाम्रो प्राथमिकता भनेको गाउँको विकास उन्नती नै हो’ तामाङले भने ,‘अब दुरागाउँ जिल्लाकै नमूना वडाको रुपमा विकास गरेर देखाउछौं ।’

जिल्लाको पिछडिएको गाउँमा परिचित भएको दुरागाउँमा अब सवै किसिमका सेवा उपलब्ध हुने उनले बताए। शिक्षा, स्वास्थ्य र गाउँमा रोजगार आफ्नो प्रमुख कार्य रहेको भन्दै एकै ठाउँमा केद्रित रहेको शिक्षा र स्वास्थ्यलाई गाउँका सवै स्थानमा समानुपातिक तरिकाले पुर्याइने बताए।

प्रतिक्रिया दिनुहोस्