रामेछापमा ८० प्रतिशत मतदाता परिचय–पत्र वितरण



३० वैशाख, रामेछाप ।
वीस बर्षपछि भोली हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तहमा ८० प्रतिशत मतदाता परिचय–पत्र वितरण कार्य सम्पन्न भएको छ । रामेछापको ८ स्थानीय तहमा १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले जिल्लामा अहिलेसम्म असी प्रतिशत मतदाता परिचय पत्र वितरण गर्ने कार्य सम्पन्न भएको बताए । उनले ८ स्थानीय तहमा रहेका १ सय ७० मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण भईरहेको छ ।

स्थानीय तहको निर्वाचनको रामेछापबाट १२ सय उम्मेदवार रहेका छन् । १ सय ७० मतदान केन्द्रमा ३ सय ४० मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएका छन् । निर्वाचन अधिकारी उपाध्यायले जिल्लामा अहिलेसम्म ८० प्रतिशत मतदाता परिचय–पत्र वितरण भइसकेको र बाँकी रहेकाहरुलाई भोली बिहानसम्म पनि वितरण गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्