रामेछापमा सुरक्षा सर्तकता बढाइयो



३० वैशाख, रामेछाप ।
रामेछापको ८ स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले सुरक्षा सर्तकता बढाएको छ । प्रहरीले रामेछाप प्रवेश गर्ने मुख्य नाकाहरुमा चेकजाँचलाई कडाई गरेको छ भने ठाउँठाउँमा चेकिङ्ग गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन रामेछापको सबै तहमा सुरक्षा सतर्कता बढाइएको बताए । उनले रामेछापका मुख्य सडक, चोक र सीमा नाकामा चेकजाँच गरिने बताए । प्रजिअ खत्रीले रामेछाप न्युजँग भने,‘डर त्रास विना नै निर्वाचन सम्पन्न गराउने छिमेकी जिल्ला ओखलढुङ र सोलुखुम्बुका प्रजिअसँग आग्रह गरेको छ ।’

निर्वाचन विथोल्न र मतदातालाई त्रास सृजना गर्ने उदेश्यले हिड्नेहरुसँग हातहतियार हुन सक्ने भएकाले चेकजाँचलाई कडाई गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्