रामेछापको लिखु गाउँपालिकामा १० हजार २ सय ५९ मत खस्यो



३१ वैशाख, रामेछाप ।
रामेछापको लिखु गाउँपालिकामा १० हजार २ सय ५९ मत खसेको छ । लिखु गाउँपालिकाका निर्वाचन अधिकृत नारायण प्रसाद रिसालले १५ हजार १ सय तीन जना मतदाता मध्ये १० हजार २५९ मत खसेको बताए । उनले रामेछाप न्युजसँग भने,‘तीन वटा वडाको मत पेटिका केन्द्रमा आइसकेको छ, बाँकी चार वटा वडाको आउन बाँकी छ, भोली बिहान राजनीतिक दलहरुसँग परामर्श गरेर मत गणना कार्य सुरु हुन्छ । रिसालले निकै उत्साहको साथ मतदाताले मतदान गरेको बताउदै शान्पिूर्ण ढंगले निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्