उमाकुण्ड गाउँपालिकामा ७ हजार ९ सय ८२ मत खस्यो



३१ वैशाख, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा ७ हजार ९ सय ८२ मत खसेको छ । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा रहेका १२ हजार १ सय ९९ मतदाता मध्ये ७ हजार ९ सय ८२ जनाले मतदान गरेका हुन् ।
उमाकुण्ड गाउँपालिका निर्वाचन अधिकृत यदुराज शर्माले रामेछाप न्युजसँग भने,‘केही वडाको मतपेटिका केन्द्रमा आइपुगेको छ, पानीको कारण समस्या भएकाले भोली बिहानसम्म मत पेटिका आइपुग्छ र गणना सुरु गछौं ।’ उनका अनुसार उमाकुण्ड गाउँपालिकामा ६५ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्