गोकुलगंगा गाउँपालिकामा ९ हजार ३ सय १९ खस्यो, मत गणनाको तयारी



३१ वैशाख, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकामा ९ हजार ३ सय १९ मत खसेको छ । गाउँपालिकाको ६ वटा वडामा १३ हजार ५ सय ९४ जना मतदाता रहेका थिए । गोकुलगंगा गाउँपालिकाका निर्वाचन अधिकृत मिठु थापाले सबै वडाबाट मतपेटिका संकलन भइसकेको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भइसकेको छ,अब मत गनणाको गृहकार्यमा जुटेका छौं ।’

प्रतिक्रिया दिनुहोस्