सुनापति गाउँपालिकामा १० हजार ८ सय मत खस्यो, कसले मार्ला बाजी ?



३१ वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचनमा सुनापति गाउँपालिकामा १० हजार ८ सय मत खसेको छ । सुनापति गाउँपालिकाको सबै मतदान केन्द्रबाट गाउँपालिकाको केन्द्र हिलेदेवीमा मत पेटिका पुर्याइएको छ ।

सुनापति गाउँपालिकाका निर्वाचन अधिकृत चन्द्रकला वलीले ८२ प्रतिशत मत खसेको बताइन । उनले भनिन–‘बढीमा ८२ प्रतिशत र कम्तिमा ६७ प्रतिशत मत खसेको छ ।’ उनले निर्वाचनमा मतदाताको राम्रो उपस्थिति रहेको जानकारी दिइन । सबै मतदान केन्द्रबाट मत पेटिका आएपछि मात्र मत गणना सुरु गर्ने वलीले बताइन । सुनापति गाउँपालिकामा १४ हजार ६ सय ६६ मतदाता मध्ये १० हजार ८ मात्र खसेको हो ।
सुनापति गाउँपालिका–१ गुन्सी वडाबाट १९ सय ४४, वडा नम्बर ४ बेथानबाट ३१ सय ९१, वडा नम्बर ५ खनियापानीबाट २१ सय ८, वडा नम्बर ३ हिलेदेवीबाट १७ सय ६१ र वडा नम्बर २ दिमिपोखरीबाट १८ सय मत खसेको छ । सुनापति गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीबाट धावा लामा, कांग्रेसबाट जितेन्द्र मोक्तान र एमालेबाट प्रदिप योञ्जनले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्